ताप्लेजुङमा सवैभन्दा कम बेरुजू हुने स्थानीय तहमा सिरिजङ्गा गाउँपालिका पहिलो

0
109

ताप्लेजुङ, 

ताप्लेजुङ जिल्लामा सवैभन्दा कम बेरुजू हुने स्थानीय तहमा सिरिजङ्गा गाउँपालिका पहिलो भएको छ। अंकका हिसावले भने सबैभन्दा कम बेरुजु पाथीभरा याङ्वरक गाउँपालिकाको देखिएको छ।

महालेखा परीक्षकको ६० औं प्रतिवेदन अनुसार सिरिजङ्गा गाउँपालिकाको बेरुजु १.२१ प्रतिशत रहेको छ। पाथीभरा याङ्वरकको १.३० प्रतिशत बेरुजु रहेको छ। जिल्ला भरीमै सबैभन्दा बढी बेरुजु मिक्वाखोला गाउँपालिकाको देखिएको छ। उसको ७.६७ प्रतिशत बेरुजु रहेको छ।

मलेपको प्रतिबेदन अनुसार कूल १ अर्ब ३ करोड ५ लाख ११ हजार रुपैयाँको लेखा परीक्षण गर्दा सिरिजङ्गाको बेरुजु १ करोड २१ लाख ५४ हजार रुपैंया कायम भएको छ। ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको लेखा परीक्षण गर्दा पाथीभरा याङ्वरकको बेरुजु १ करोड १ लाख ९ हजार कायम भएको छ।

फक्ताङलुङ गाउँपालिकाको बेरुजु १.३४ प्रतिशत देखिएको छ। कूल १ अर्ब ३० करोड ११ लाख ६८ हजार रुपैयाँको लेखा परीक्षण गर्दा फक्ताङलुङ गाउँपालिकाको बेरुजु १ करोड ७३ लाख ९६ हजार रुपैयाँ कायम भएको छ। सिदिङ्वा गाउँपालिकाको बेरुजु २.४८ प्रतिशत देखिएको छ। ६९ करोड ६१ लख ८१ हजार रुपैंयाको लेखा परीक्षण गर्दा सिदिङ्वाको बेरुजु १ करोड ७२ लाख ८८ हजार रुपैयाँ कायम भएको छ।

मैवाखोला गाउँपालिकाको बेरुजु २.६३ प्रतिशत देखिएको छ। ७८ करोड ९३ लाख ९४ हजार रुपैयाँको लेखा परीक्षण गर्दा मैवाखोलाको बेरुजु २ करोड ७ लाख ६६ हजार रुपैयाँ कायम भएको देखिएको छ।

मेरिङदेन गाउँपालिकाको बेरुजु २.७८ प्रतिशत देखिएको छ। कूल ९३ करोड ६९ लाख २३ हजार रुपैयाँको लेखा परीक्षण हुँदा मेरिङदेनको बेरुजु अंक २ करोड ६० लाख ३३ हजार रुपैयाँ कायम भएको छ। फुङलिङ नगपालिकाको बेरुजु २.९० प्रतिशत देखिएको छ। कूल १ अर्ब ७६ करोड ७९ लाख ८३ हजार रुपैंयाको लेखा परीक्षण गर्दा फुङलिङको बेरुजु ५ करोड १२ लाख ४१ हजार रुपैयाँ कायम भएको छ।

आठराई त्रिबेणी गाउँपालिकाको बेरुजु ४.६९ प्रतिशत देखिएको छ। ९६ करोड ८३ लाख ४३ हजार रुपैयाँ बराबरको लेखा परीक्षण हुँदा आठराई त्रिबेणीको बेरुजु ४ करोड ५३ लाख ८१ हजार रुपैयाँ कायम भएको छ। ६९ करोड २२ लाख ७७ हजार रुपैयाँको लेखा परीक्षण गर्दा मिक्वाखोला गाउँपालिकाको बेरुजु ७.६७ प्रतिशत अर्थात् ५ करोड ३१ लख २ हजार रुपैयाँ कायम भएको छ। लेखा परीक्षण अंकका हिसावले मिक्वाखोलाको बेरुजु यहाँका सबै स्थानीय तहको तुलनामा बढी हो।

प्रदेशभरीमै पाँचथर याङ्वरकको बेरुजु सबैभन्दा कम, तेह्रथुम आठराईको बढी

कोशी प्रदेशभरीमा पाँचथरको याङ्वरक गाउँपालिका सबैभन्दा कम (शुन्य बेरुजु) बेरुजु हुुने पालिकाको रुपमा उदय भएको छ। उसको बेरुजु मात्र १८ हजार रुपैयाँ रहेको छ।

लेखा परीक्षण गरिएको अंकका हिसावले यो शुन्य प्रतिशत हो। सो गाउँपालिकाको १ अर्ब १३ करोड ८२ लाख ७१ हजार रुपैयाँको लेखा परीक्षण गरिएको थियो। कोशी प्रदेश भरीमा सबैभन्दा बढी बेरुजु तेह्रथुमको आठराई गाउँपालिकाको देखिएको छ।

आठराईको बेरुजु २०.३१ प्रतिशत रहेको छ। कूल १ अर्ब ३३ करोड ९३ लाखर ५३ हजार रुपैयाँको लेखा परीक्षण भएकोमा २७ करोड २० लाख २५ हजार रुपैयाँ बेरुजु कायम भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here