सैनिकमा प्रदेशस्तरीय महिला फुटबल हुने

0
122

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

झापाको बिर्तामोड -१० स्थित सैनिकबजारमा अल इन वान क्लबको आयोजनामा आगमी बैशाख ९ गतेदेखि १६ गतेसम्म प्रथम प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।

आइतबार आयोजक अल इन वान क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराइएको हो। क्लबका अध्यक्ष कृष्णबाबु योञ्जनले गोल्डकपमा कोशी प्रदेशका आयोजक अल इन वान क्लब सैनिक झापा,डिडब्लुएफ सी धरान सुनसरी, मिक्लाजुङ गाउँपालिका मोरङ, महमाई एकता क्लब इलाम, ताप्लेजुङ महिला फूटबल टीम ताप्लेजुङ , गाईघाट फूटबल क्लब उदयपुर, धनकुटा फूटबल संघ धनकुटा र मधेश प्रदेशको जनकपुर प्रदेशबाट नमो बुद्ध युथ क्लब सप्तरी गरि आठ वटा टिमको सहभागिता रहने बताए।

खेल सञ्चालनका लागि अनमानित खर्च १४ लाख ४२ हजार रुपैयाँ रहेको गोल्डकपको विजेता टीमलाई नगद २ लाख २ हजार र उपविजेता टीमलाई एक लाख एक हजार प्रदान गरिने अध्यक्ष योञ्जनले जानकारी दिए। खेल सञ्चालनमा प्रदेश,नगर,वडा कार्यालय तथा विभिन्न संघसंस्थाको आर्थिक सहयोग रहने कोषाध्यक्ष बिमलकान्छा राईले बताए।

स्थानीय महेन्द्रज्योति माविको खेल मैदानमा सञ्चालन हुने फूटबलखेलमा क्वाटर,सेमी फाइनल र फाइनलमा म्यान अफ द म्याचका लागि क्रमशः ३ हजार, ४ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ। त्यस्तै आगमी १५ गते बिर्तामोड -१० का महिलाहरुको सहभागिता रहने ४ किमी महिला म्याराथन प्रतियोगिताक‍ो सम्पन्न गरिने समेत आयोजक समितिले जानकारी गराएको छ।

अल इन वान क्लबका अध्यक्ष योञ्जनको अध्यक्षता तथा झापा फूटबल संघका अध्यक्ष भगिरथ आले मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि आले,बिर्तामोड-१० का वडाध्यक्ष दुर्योधन गुरुङ, बिर्तामोड नगर खेलकूद समितिका उपाध्यक्ष सन्तोष गुरुङलगायतले बोलेका थिए।

उनीहरुले खेलकूद क्षेत्रमा प्रशिद्धि कमाएको सैनिकमा प्रदेशस्तरिय महिला फूटबलको आयोजना गरेर महत्वपूर्ण र प्रशंसनीय काम गरेको बताए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव रोशन खरेलले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here