भारत तीव्र गतिमा आर्थिक वृद्धिदरमा अघि बढिरहेको आइएमएफको प्रक्षेपण

0
86

एजेन्सी ।

आईएमएफले भारत विश्वको सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धिदरमा अघि बढिरहेको प्रक्षेपण गरेका छन् । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्वमा आर्थिक मन्दीको दौर चलिरहेको भएपनि भारतको अर्थतन्त्र तिव्र गतिमा अघि बढिरहेको प्रतिक्रिया दिदै आउने समयमा भारतको अर्थतन्त्र निकै सवल हुने प्रक्षेपण गरेका हुन् ।

आईएमएफले ‘विश्व आर्थिक परिदृष्य विषयक प्रतिवेदन सार्वजनिक गर्दै वित्तीय क्षेत्रको उथलपुथल, उच्च मुद्रास्फीति, रुस–युक्रेन युद्ध तथा तीन वर्ष लामो कोरोना महामारीका बाबजुद भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हासिल गर्ने अर्थव्यवस्था हुने प्रक्षेपण गरेको हो ।

आईएमएफले जारी गरेको विश्व आर्थिक परिदृष्यमा यसअघि सन् २०२३ र २४ मा भारतको आर्थिक वृद्धि ६.१ प्रतिशत हुने प्रक्षेपणलाई संशोधन गर्दै ५.९ प्रतिशतमा सीमित हुने उल्लेख गरिएको छ । आर्थिक वृद्धिको प्रक्षेपणमा उल्लेखनीय गिरावट भए पनि भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हुने अर्थतन्त्रका रूपमा रहने जनाइएको छ ।

चालु आर्थिक वर्षमा भारतको मुद्रा स्फीति ४.९ प्रतिशत र अर्को आर्थिक वर्षमा ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । आईएमएफको वृद्धि पक्षेपण भारतीय रिजर्भ बैंक आरबीआईको अनुमान भन्दा कम हो । भारतको केन्द्रीय बैंकले आर्थिक वर्ष २०२२ र २३ मा सात प्रतिशत र यसै महिनाको पहिलो दिनदेखि प्रारम्भ भएको चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ६.४ प्रतिशत हुने आकलन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here