विपन्नलाई २७ सय घर

0
122

झापा, सहारा नेपालले सञ्चालन गरिरहेका परियोजना मध्ये सुरक्षित आवास कार्यक्रम अन्तरगत विपन्न परिवारका लागि दुई हजार सातसय घर निर्माण गरिएको छ ।
स्थानीय तहहरुसंग साझेदारी गर्दै सहारा नेपालले ह्याविट्याट फर ह्युमानिटीको आर्थिक सहयोगमा झापा र मोरङका २७ सय परिवारलाई घर निर्माण गरिएको सुरक्षित आवास कार्यक्रमका भूमि सहजीकरण अधिकृत नवीन लामिछानेले बताए ।
परियोजना अन्तर्रगत झापा जिल्लाको झापा गाउँपालिकामा एक सय ५९ वटा घर निर्माण सम्पन्न भएका छन् भने यो वर्ष एक सय घर निर्माणको चरणमा रहेका छन् ।
त्यस्तै मोरङ जिल्लाको धनपालथान गाउँपालिकामा २४ वटा घर निर्माण भइसकेका छन् भने १५ वटा घर निर्माणाधीन रहेका छन् । यता कानेपोखरी गाउँपालिका २५ घर निर्माण सम्पन्न भएका छन् भने यो वर्ष ३० वटा घर निर्माणाधीन रहेको लामिछानेले बताए ।
विपद् व्यवस्थापनमा समेत स्थानीय तहसंग साझेदारी गर्दे काम गरिरहेको बताइएको छ ।
ह्याविट्याट फर ह्रयुमानिटी नेपालको आर्थिक सहयोगमा झापा र मोरङमा सञ्चालित कार्यक्रमले कार्यक्रम लागू भएका पालिकाका विपन्न समुदायका स्थानीय लाभान्वित भएको बताइएको छ ।
विश्वास परियोजनाले सोमवार झापाको चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला स्तरीय परियोजना सल्लाहकार बैठक (डीपीएसी) सम्पन्न गर्दै आर्थिक वर्ष २०७८ ÷०७९ मा भएका प्रगतिका विषयमा समेत जानकारी गराएको छ ।
जसमा झापा गाउँपालिकामा मात्रै १५९ वटा घर निर्माण गरेको र बनाउनु पर्ने घरको तथ्याङ्क समेत संकलन गर्दै दास्रो फेजको काम समेत शुरु गरेको कार्यक्रममा जानकारी दिइयो ।
त्यस्तै आठवटा सुरक्षित आवास निर्माण उपभोक्ता समिति गठन गरी अभिमुखीकरण गरिएको घर निर्माणामा प्रयो गरिने बाँसको उपचार, प्रशोधन तथा वजारीकरणका विषयमा समेत जानकारी गराइएको कार्यक्रममा बताइएको थियो ।
सहारा नेपाल मार्फत सञ्चालनमा रहेका कार्यक्रमका वारेमा समेत जानकारी दिइएको कार्यक्रममा विपन्न महिलाहरुका लागि वित्तीय समावेशिकरण कार्यक्रम, सामुदायिक झोलुङ्गेपुल कार्यक्रम, वहु सरोकारवाला सम्वाद कार्यक्रम, जिवीकोपार्जन तथा खाद्य सुरक्षा कार्यक्रम, विश्वास परियोजना खानेपानी तथा सरसफाई कार्यक्रम र साझेदारीमा उभ्भिनुहोस् कार्यक्रमका वारेमा जानकारी दिइयो ।


विश्वास परियोजनाका विषयमा फेयरमेड फाउण्डेशन नेपालका कार्यक्रम संयोजक पवन राईले प्रकाश पारेका थिए । उनले परियोजनाले उष्ण प्रदेशिय रोगहरुका विषयमा समुदायस्तरमा चेतना अभिवृद्धि तथा समुदाय परिचालन गरिदै आएको बताए ।
कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, अपाङेगता भएका व्यक्तिहरुलाई सहयोग, मातृ तथा नवजात शिशू स्वास्थ्यका वारेमा सचेतना, कुष्ठरोग प्रभावितका लागि रोकथाम तथा उपचारमा सहयोग गरिदै आएको कार्यत्रलममा जानकारी दिइयो ।
त्यस्तै ह्याविट्याट फर ह्युमानिटीको सहयोगमा सञ्चालित विपन्न महिलाहरुका लागि वित्तीय समावेसिकरण कार्यक्रमका विषयमा कार्यक्रम संयोजक किसन गौतमले सहजीकरण गरेका थिए ।
उनले कार्यक्रम अन्तरगत विपन्न महिलाहरुका लागि वित्तीय साक्षरता कार्यक्रम, वित्तीय शिक्षा, ऋण शिक्षा, घरायसी आम्दानी तथा खर्चको विश्लेषण आदिका विषयमा प्रकाश पारेका थिए ।
यता
सामुदायिक झोलुगंपुल क्षेत्रगत कार्यक्रम अन्तरगत झापामा ४० वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको र १० वटा निर्माणकै चरणमा रहेको बताइएको छ । कार्यक्रम संयोजक लीलाराज नेपालले कार्यक्रम अन्तरगत झोलुङ्गे पुल निर्माणबाट मात्रै हालसम्म ५० हजार घरधुरी प्रत्यक्ष लाभान्वित भएको बताए । यो वर्ष पनि उनले झापाको १० ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको बताए । नेपाल सरकार पूर्वाधार (विकास कार्यक्रम) अन्तरगत झापामा (वुद्धशान्ति, मेनपा, अर्जुनधारा, गौेरादह , शिवसताक्षी ,झापा गाउँपालिका , कचनकवल, बिर्तामोड नगरपालिकामा झोलुङ्गे पुल निर्माण भइरहेको बताइएको छ ।
जिल्ला समन्वय समिति झापाको संयोजना तथा सहारा नेपालको आयोजनामा भएका विभिन्न कार्यक्रमका बारेमा जानकारी दिने र कार्यक्रम बारे सुझाव संकलन गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले सहारा नेपालले स्वास्थ्य क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गर्दै सरकारले सञ्चालन गरेको भन्दा भिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिएका थिए ।
सहारा नेपालले गर्दै आएको काममा स्थानीय सरकार हातेमालो गर्न तयार रहेको हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताए । उनले स्थानीय तहले मात्र सबै काम गर्न नसक्ने भएकाले सबैको सहयोग र सहकार्य जरुरी रहेको बताएका थिए ।
यता कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले समाज रुपान्तरणमा सबैको उत्तिकै भूमिका हुने बताएकी थिइन् । उनले माछा दिनुभन्दा पनि छामा समाएर आफैं खान सक्ने बनाउनुपर्नेमा जोड दिइन् ।
जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्वनाथ बरालको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । उनले समाज रुपान्तरणमा सबै पक्षको उत्तिकै सहयोग र सहकार्य जरुरी रहेको बताए । कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, रेडक्रस भद्रपुरका सभापति गोपाल गिरी, गैसस महासंघ झापाका अध्यक्ष कृष्णप्रसाद दंगाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन सहारा नेपालका कार्यक्रम संयोजक मात्रिका सुवेदीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here