चीन पछाडि पर्‍यो, अमेरिका बन्यो भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार

0
39

काठमाडाैं |

आर्थिक वर्ष २०२२/२३ मा भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार देश अमेरिका बनेको छ ।

अमेरिकासँग भारतको व्यापारिक साझेदारी बढ्दै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघिसम्म भारतले चीनसँग सबैभन्दा बढी व्यापार गर्दै आएको थियो ।

भारतको व्यापार मन्त्रालयका अनुसार अमेरिकासँगको व्यापार २०२२/२३ मा ७.६५ प्रतिशत बढेर १२८.५५ बिलियन डलर भएको छ । आर्थिक वर्ष २०२१/२२ मा कारोबार ११९.५ बिलियन डलर थियो ।

आर्थिक वर्ष २०२२/२३ मा चीनसँग भारतको व्यापार २०२१/२२ को तुलनामा १.५ प्रतिशत घटेको छ । २०२१/२२ मा भारतले चीनसँग ११५.४२ बिलियन डलरको कारोबार गरेकोमा २०२२/२३ मा घटेर ११३.८३ बिलियन डलरमा सीमित भएको छ ।

भारतले अमेरिकासँग नै अझै व्यापार बढाउँदै लैजाने नीति लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here