अर्जुनधारामा सय दिने लोक सेवा तयारी कक्षा तालिम सम्पन्न

0
156

अर्जुनधारा ।

गत पुस चौथो सातादेखि झापाको अर्जुनधारामा सञ्चालनरत् सय दिने लोक सेवा आयोग तयारी कक्षा तालिम बुधबार सम्पन्न भएको छ ।

सामाजिक विकास शाखाका प्रमुख राजविक्रम खड्काका अनुसार दमक–५स्थित सीएससीआई एजुकेशन फाउण्डेशन तालिम प्रदायक संस्था रहेको उक्त तालिममा ५५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

नगर उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रशिक्षार्थी सुजता ढुंगानाले तालिमको अनुभव प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, शाखाका प्रमुख खड्का, सीएससीआईका कार्यक्रम संयोजक राजु गौतमलगायतले सहभागीहरुलाई तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यावहारिकरुपमा प्रयोग गर्न सुझाएका थिए ।

सोही कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई लोक सेवा आयोग तयारी कक्षा सम्बन्धी आवश्यक पुस्तक र नोट वितरण गरिएको थियो ।

सामाजिक विकास समितिकी सदस्य रमा निरौलाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शाखाकी कर्मचारी पुष्पा पौडेल अधिकारीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here