नेपाल मगर संघ बुद्धशान्तिको दोस्रो अधिवेशन, अध्यक्षमा शिव

0
78

बुद्धशान्ति,

नेपाल मगर संघ बुद्धशान्ति गाउँ समितिको अध्यक्षमा शिव थापा मगर सर्बसम्मत चयन भएका छन् ।

बुद्धशान्ति–४ स्थित जेष्ठ नागरिक भवनमा शनिवार संघको दोस्रो अधिवेशनबाट १० सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा चुडामणी राना मगर, सचिवमा लक्ष्मण क्याच्छाकी मगर, सह–सचिव विरेन्द्र सिंजाली मगर र कोषाध्यक्षमा विष्णुकुमारी मगर चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा शोभा मगर, मन्जु राना मगर, सीताराम बलम्पाकी मगर, रमेश थापा मगर र लीला सिंजाली मगर रहेका छन् । नेपाल मगर संघ बुद्धशान्तिका अध्यक्ष मदन मगरको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष विकास थापा मगरको प्रमुख आथित्य रहेको थियो ।

सोही कार्यक्रममा नेपाल मगर संघ पूर्व केन्द्रिय सदस्य तथा पूर्व झापा जिल्ला अध्यक्ष सुन्दर क्याच्छाकी मगर, मगर वाप्पा(पुरोहित) याम पिठाकोठे मगर, शुक्र बलम्पाकी मगर र राम पूर्वछाने मगरलाई सम्मान–पत्र र दोसल्ला ओडाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल मगर संघ जिल्ला सचिव अम्वर मगर, जिल्ला सल्लाहाकार समिति सदस्य दल बहादुर पुलामी मगर, नेपाल मगर संघ बुद्धशान्ति–१ का अध्यक्ष बिरेन्द्र मगर, शोभा मगर लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सिद्धार्थ बौद्ध गुम्वाका अध्यक्ष चोकबहादुर बलम्पाकी मगरले स्वागत गरेको कार्यक्रमको संचालन नेपाल मगर संघ बुद्धशान्तिका सह–सचिव लक्ष्मण मगरले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here