शहिद बान्तवाको शालिक स्थलको क्षेत्र घटाईंयो

0
159

छविराज ढकाल/ पथरीशनिश्चरे,

पथरी शनिश्चरे -०१ मा रहेको स्वर्गीय शहिद रत्न कुमार बान्तवाको शालिकलाई पुर्न: निर्माण गरिएको छ।

मुख्य मन्त्री राजेन्द्र कुमार राईको नेतृत्वमा रहेको तत्कालिन प्रदेश नं १ सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरी दिएपछि हाल सो शालिक/स्मारक पुनः निर्माण भैरहेको हो।

यस अघि शालिकको फराकिलो क्षेत्रफलका कारण थुप्रै सवारी चालक तथा साधन दुर्घटना बढ्दै गएपछि सो शालिकको मुख्य पिलरको वरिपरि ३.५ मिटरको गोलाईमा निर्माण गरिएको छ।
तत्कालीन निरंकुश पञ्चायती शासन व्यवस्थाको विरूद्ध एक सशक्त योद्धा बनेर पुर्वी नेपालमा रातो तारा उपनामबाट परिचित स्वर्गीय शहिद रत्न कुमार बान्तवाको स्मृतिमा राखिएको शालिकको वरिपरि रोपिएको फुलबारी समेत हटाईएको छ।

करिब ६० प्रतिशत जति क्षेत्रफल घटाएर शहिद रत्न कुमार बान्तवाको स्मृतिमा नयाँ पक्की स्मारक निर्माण भैरहेको रत्न कुमार बान्तवा स्मारक संरक्षण समितिका अध्यक्ष मान बहादुर लिम्बुले जानकारी दिनुभयो। हाल धमाधम निर्माणकार्य जारी रहेको छ। सो योजना यसै बैशाख महिनाको अन्त्य सम्ममा सम्पन्न गर्नुपर्ने जनाईएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here