इलाम नगरपालिका माईजोगमाई अध्यक्ष कपको सेमी फाइनलमा प्रवेश

0
144

इलाम ।

माइजोगमाई गाउँपालिका अध्यक्ष कपमा आजको चौथो दिनको खेल सम्पन्न भएको छ । आज ईलाम नगरपालिका र चुलाचुली गाउँपालिका बिचको खेलमा ४र१ ले ईलाम नगरपालिका सेमी फाईनलमा पुग्न सफल भएको छ ।

आजको खेलमा पहिलो हाफको ३५ मिनेटको समय सकिएपछि थप समयको १ मिनेटमा ईलामको तर्फबाट जर्सी नम्बर ७ का खेल्लाडी साङ्गे शेर्पाले १ गोल गरेर खेललाई अगाडि बढाएका थिए ।

पुनः दोस्रो हाफको ७ मिनेटमा ईलाम नगरपालिकाको तर्फबाट जर्सीनम्बर १० का खेल्लाडी मौसम राईले १ गोल गरेर खेललाई अगाडि बढाएका थिए त्यसैगरी ईलाम नगरपालिकाको तर्फबाट दोस्रो हाफको १५ मिनेटमा जर्सी नम्बर ७ का खेल्लाडी साङ्गे शेर्पाले थप अर्को गोल गर्न सफल भएका थिए ।

खेलको दोस्रो हाफको १९ मिनेटमा चुलाचुलीको तर्फबाट जर्सी नम्बर ८ खेल्लाडी किस्मत लिम्बुले १ गोल फर्काउन सफल भए । खेलको दोस्रो हाफको २८ मिनेटमा ईलाम नगरपालिकाको तर्फबाट जर्सी नम्बर ५ का खेल्लाडी पुस्कर दाहालले अर्को गोल गरेका थिए ।

बुधबारको खेलको म्यान अफ द म्याच ईलाम नगरपालिकाका जर्सी नम्बर ७ का खेल्लाडी साङ्गे शेर्पा घोषित भए । बुधवारको खेलबाट ईलाम नगरपालिका सेमि फाईनलमा प्रबेश गरेको छ । भोलि विहिवार हुने खेल माई नगरपालिका र फाकफोकथुम गाउँपालिका बिच हुने छ ।

खेलको बिजेताले नगद रु दुई लाख दश हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छ । उपबिजेता टिमले रु एक लाख बिस हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछन् । खेलको फाईनल खेल बैशाख १९ गते माईजोगमाई गाउँपालिका नयाँबजारको बालागुरु खेलमैदानमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here