दानाबारी सिकाई केन्द्रको १२औं साधारणसभा

0
144

इलाम।

दानाबारी सामुदायिक सिकाई केन्द्र माई इलामको बार्हौ साधारण सभा विहिबार सम्पन्न भएको छ ।

माई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सिता लावतीको प्रमुख आथित्यता तथा शिक्षा प्राविधिक सहायक केशब खनालको बिशेष आथित्यतामा साधारण सभा सम्पन्न भएको हो । प्रमुख अतिथि लावतीले संस्थालाई सहि रुपमा अगाडि बढाउन सबै सदस्य तथा सरोकारवाला व्याक्तिको चासो, सकृयता र योगदान महत्वपूर्ण रहने बताउनु हुँदै प्रभावकारी, राम्रो र सिपमुलक कार्य गर्ने सिकाई केन्द्रलाई थप अनुदान समेत प्रतिबद्धता गर्नुभयो ।

वहाँले केहि सिकाई केन्द्र पानि छर्केर ब्युझाउनु पर्ने अवस्थामा पुगेको भन्दै त्यस्ता सिकाई केन्द्रको नविकरण नहुने र अनुदान समेत प्राप्त नहुने जानकारी दिनुभयो।सुचना प्रविधि, प्रारम्भिक वाल शिक्षा, सिप विकास तालिम, वचत तथा ऋण परिचालन, नागरिक शिक्षा ,मानवअधिकार शिक्षा ,कानुनी साक्षरता, भेदभाव तथा लैङ्गिक हिंसा रोकथाम सम्बन्धी कार्य खेलकुद कला सम्बन्धी कार्य गर्न प्रमुख अतिथि लावतीले आग्रह गर्नु भएको छ।

अतिथि कन्काई माविका प्रधानाध्यापक हरि प्रसाद पौड्यालले अनौपचारिक शिक्षामा जीवनोपयोगी कुरा के के चाहिन्छ भन्ने योजना बनाएर कार्यक्रम सञ्चालन हुनेहुँदा सिक्ने सिकाउने कार्य सहज हुने बताउनुभयो। अतिथि नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखा सभापति मित्र प्रसाद गौतमले सिकाई केन्द्रले उद्घोषण, सहित्य गोष्ठी तथा वतृत्वकला, बैठक सन्चालन तथा माइन्युट लेखन, प्रस्ताव तथा प्रतिवेदन लेखनमा कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो। अतिथि समाजसेवी नारायण प्रसाद दुलालले सिकाई केन्द्रले स्थानीय तह संगको साझेदारीमा अझ उत्कृष्ट शैक्षिक कार्यक्रम गर्न सुझाव दिनुभयो।

अध्यक्ष विमल दहालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष दुर्गाराज शंकरले २ लाख ६४ हजार ७ सय २० रुपैयाको आयव्याय प्रस्तुत गर्नुभएको सभाबाट सिकाई केन्द्र मापदण्ड २०७८ को आधारमा बार्षिक कार्ययोजना निर्माण, कार्यालय ब्यवस्थापन, स्वास्थ्य तथा कानुनी शिक्षा, सदस्याता बिस्तार, बिपन्नलाई कम्प्युटर तालिम, माबि स्तरीय हाजिरीजवाफ प्रतियोगिता, ई-लाईब्रेरी निर्माण, ऋण बचत कार्यक्रम सञ्चालन लगायतका निर्णयहरु गरेको छ । अध्यक्ष विमल दहालको अध्यक्षता सचिव सिता भट्टराईको सन्चालन र सदस्य यदुनाथ दुलालको स्वागतमा साधारण सभा सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here