झापा उद्योग वाणिज्य संघद्वारा पत्रकारसहित ७ जना सम्मानित

0
114

भद्रपुर ।

झापा उद्योग वाणिज्य संघले एक पत्रकारसहित ७ जना पूर्व अध्यक्षहरूलाई सम्मान गरेको छ ।

भद्रपुरमा आयोजित संघको ५४ औं साधारणसभा तथा २४ औं अधिवेशनको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो । संघले साप्ताहिक समाचारका सम्पादक राजबाबु शंकरलाई नगदसहित सम्मान गरेको हो ।

प्रेस क्लब भद्रपुरका अध्यक्ष समेत रहेका शंकरले पत्रकारिताको माध्यमबाट संस्थाको गतिविधिलाई निष्पक्ष प्रकाशन गरेर पु¥याएको सेवाको मूल्याङ्कन गर्दै नगद र सम्मान पत्र प्रदान गरिएको जनाइएको छ ।

त्यस्तै संघका पूर्व अध्यक्षहरू महावीरप्रसाद गोयल, ओमप्रकाश सरावगी, मदनलाल गुप्ता, राजकुमार अग्रवाल, नारायण ढुङ्गाना, उमेश डालमिया र राजेन्द्र घिमिरेलाई दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

संघका अध्यक्ष नवराज पनेरू राजुको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, महासंघका केन्द्रीय सदस्यहरू उमेश डालमिया र नरेन्द्रकुमार खड्का, महासंघ कीर्तिपुरकी अध्यक्ष राज्यलक्ष्मी शाक्य, झापाका पूर्व अध्यक्ष राजेन्द्र घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संघका विशिष्ट सदस्य अजय साहेवालाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव पंकज शर्माले गरेका थिए । संघको नयाँ नेतृत्व चयनका लागि आगामी वैशाख २८ गते निर्वाचनको कार्यक्रम तय भएको संघका प्रेस सल्लाहकार रोहित काफ्लेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here