झापा–इलाम मैत्री समाज अधिवेशनको तयारीमा

0
104

बिर्तामोड ।

इलाम–झापा मैत्री समाजले चौथो अधिवेशनको तयारी पूरा गरेको छ ।

वैशाख १६ गते शनिबार बिर्तामोड–२ स्थित जयश्री ड्रिमल्याण्ड पार्कमा चौथो जिल्ला अधिवेशन गरिने भएको संस्थाका अध्यक्ष कमलप्रसाद पौडेलले जानकारी दिए ।

उक्त अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने बताइएको छ ।अधिवेशनको उद्घाटन जयनारायण ढुङ्गानाले गर्ने कार्यक्रम तय भएको अध्यक्ष पौडेलले जानकारी दिए ।

२०७३ साल जेठ २० गते विधिवत रुपमा दर्ता भएको संस्थाले बिर्तामोड अर्जुुनधारा र बुद्धशान्तिमा संगठन विस्तार गरेको छ । आगामी दिनमा उक्त कार्यलाई झापा अन्य पालिकाहरुमा समेत संगठन विस्तार गरिने अध्यक्ष पौडेलले बताए । कार्यक्रमको सहजीकरण संस्थाका महासचिव अच्युत दाहालले गरेका थिए ।

समाजमा पाँच सय जना सदस्य आवद्ध भएको बताइएको छ । इलामबाट आएरझापामा झण्डै ५० हजार मानिस बसोवास गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here