संसद्को चालु अधिवेशन अन्त्य

0
127

काठमाडौँ,

सङ्घीय संसद्को चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो । कावा राष्ट्रपति यादवले मन्त्रिपरिषद् बैठकको निर्णयको सिफारिसमा संसद् अधिवेशन अन्त्य गर्नुभएको हो ।

अब सदनको चालु अधिवेशन राति १२ बजेदेखि स्वतः अन्त्य भएको हो । बैठकमा यसअघि सभामुख घिमिरेले यस अधिवेशनमा प्रतिनिधिसभा बैठकबाट भएका काम कारबाहीको विवरण सुनाउनुभएको थियो ।

प्रतिनिधिसभाको आज बसेको पहिलो बैठक गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहनुभएका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर अवरुद्ध भएको थियो ।

ढिला गरी बसेको अर्को बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरीका विषयमा सदनमा विभिन्न विषय उठेकाले उहाँको बारेमा संसद्को आगामी अधिवेशनबाट कानुन बमोजिम हुने जानकारी गराउनुभएको थियो ।

यसैगरी बैठकले सांसदहरु मनोरमा शेरचन, विनाकुमार थनेत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा सभाबाट स्वीकृत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here