पथरी शनिश्चरेमा फेब्रिक ब्याग बनाउने तालिम

0
74

पथरीशनिश्चरे।

पथरीशनिश्चरे वडा नं. १० मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत फेब्रिक ब्याग बनाउने तालिमको उद्घाटन गरिएको छ ।

आज शनिबार पथरीशश्चिरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा सुरु भएको तालिम आगामी २० गतेसम्म सञ्चालन हुनेछ । कार्यपालिका सदस्य तथा वडा सदस्य मिना तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं. १० का अध्यक्ष जीवन खतिवडा रहनुभएको थियो ।

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष एवं प्रमुख अतिथि खतिवडाले वडा र नगरले तालिम पश्चात् बजारीकरणको लागि सहजिकरण गर्ने बताउनुभयो ।

यसैगरी, कार्यक्रममा लघु उद्यम शाखा प्रमुख सपना कार्की, सहभागी सिसु लिम्बु, वडा सदस्य वीरबहादुर बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नगरका कर्मचारी कल्पना कटुवालले सञ्चालन गर्नुभएको तालिमको प्रशिक्षक सुजन श्रेष्ठ र राज घिमिरेले सम्हाली रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here