आदर्श नगरमा ओझा

0
80

झापा, बिर्तामोड १ मा रहेको आदर्श नगर टोल विकास संस्थाको अध्यक्षमा हरि ओझा चयन भएका छन् ।
टोल विकास संस्थाको प्रथम अधिवेशनबाट ओझा अध्यक्षमा चयन भएका हुन् । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको प्रमुख आतिथ्य तथा टोल विकास संस्थाका अध्यक्ष डम्वर वहादुर वस्नेतको सभापतित्वमा अधिवेशन भएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा भक्ति प्रसाद मैनाली, सचिवमा गंगावहादुर वस्नेत, कोषाध्यक्षमा निर्मला खड्का वस्नेत, चयन भएका छन् ।
समितिको सदस्यस्यहरुमा शीला भट्टराई, राधा वुढाथोकी, सीमा वराल, हरिश्चन्द्र वस्तोला र प्रकाश कोइराला चयन भएका छन् ।
अधिवेशनमा समाजका ज्येष्ठ नागरिक धनमाया ओझा, अमृता बस्नेतलाई सम्मानि गरिएको थियो । त्यस्तै युवा तर्फ राजकुमार श्रेष्ठ र नरेन्द्र कार्कीलाई सम्मान गरिएको थियो ।
२०७६ सालमा स्थापना गरिएको सो टोलमा ५७ घर रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here