दनुवार जागरण समितिद्वारा सांस्कृतिक कार्यक्रम

0
160

अर्जुनधारा ।

दनुवार जागरण समिति झापा र दनुवार जागरण समिति मेचीनगरको संयुक्त आयोजनामा शनिबार सांस्कृति कार्यक्रम सम्पन्न भएको छ ।

मेचीनगर–१० पूरानो पशुहाटको मैदानमा समितिका अध्यक्ष श्याम दनुवारको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको विशेष अतिथि नेपाल आदिवासी जनजाती महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले उद्घाटन गरेका थिए ।

यमनलाल दनुवारले मंगलाचरण स्तुतीसहित स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा समितिमा आबद्ध कलाकारहरुले दनुवार समुदाय सम्बन्धी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

त्यसैगरी कार्यक्रममा ७० वर्ष माथिका १३ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मानित गरिएको थियो । सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी झापा शाखाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा २० जना रक्तदान गरेका थिए ।

कार्यक्रममा दनुवार जागरण समितिका केन्द्रीय अध्यक्ष रामकुमार सिंह दनुवार, नेपाल आदिवासी जनजाती महासंघ मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङ, महासंघ अर्जुनधाराका उपाध्यक्ष सृजलाल चौधरी, मेचीनगर–१०का वडाध्यक्ष नारायण खनाल, अर्जुनधारा–६का वडा सदस्य भीम राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन समितिका सल्लाहकारद्वय अग्निमाया दनुवार र मदन दनुवारले गरेका थिए । दनुवार समुदायको संस्कार र संस्कृतिको प्रबद्र्धन गर्ने उद्वेश्यले पहिलोपटक महोत्सवको रुपमा आयोजना गरि दनुवार समुदायको गरगहना, बाजागाजा, भेषभूषा, मौलिक खानेकुरा आदिको स्टल राख्ने भने पनि विविध कारणवश स्टल भने राख्न नसकिएको समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here