त्रिपुरेश्वर शिवालयको नयाँ नेतृत्व

0
122

बिर्तामोड।

झापाको बिर्तामोड -१०,पत्थरभिट्टास्थित त्रिपुरेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा नित्यानन्द दाहाल चयन भएका छन्।

संस्थाको पाँचौं साधरणसभाले दाहालको अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो। दुई वर्षे कार्यकाल रहेको नवगठित समितिको वरिष्ठ उपाध्यक्ष पूर्ण पौडेल,उपाध्यक्ष पदम श्रेष्ठ, सचिव खुबराज भट्टराई, सह-सचिव विष्णुबहादुर सुवेदी र कोषाध्यक्ष शारदा अधिकारी चयन भएका छन्। त्यसैगरी सदस्यमा फूलमाया शेर्पा,गोमा श्रेष्ठ,टीकाराम राय,पदम न्यौपाने,लोकप्रसाद अधिकारी चयन भएको निर्वाचन समितिका संयोजक राजेन्द्रप्रसाद कडरियाले जानकारी दिए।

त्यस्तै सोही साधरणसभाले त्रिपुरेश्वर कीर्तन मण्डलीको संयोजकमा कृष्णप्रसाद अधिकारीलाई चयन गरेको छ। त्यसैगरी सचिव र कोषाध्यक्षमा क्रमशः झरना थापा कोइराला र भानुभक्त दाहाल निर्वाचित भएका छन्।

त्यस्तै सदस्यमा गायात्रा न्यौपाने,लीला अधिकारी,देवीमाया राय,चन्दा पौडेल,संगीता भण्डारी श्रेष्ठ,रीता श्रेष्ठ,शोभा भट्टराई, नवीन श्रेष्ठ, लीलाधर पौडेल,प्रकाश श्रेष्ठ,कमला कार्की,मुना सुवेदी,पम्फा नेपाल,सुनिता अधिकारी रहेका छन्। त्यसैगरी श्रीप्रसाद शिवाकोटी र खेमराज पौडेल सदस्य रहेको सागरनाथ भट्टराईको संय‍ोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ।

त्रिपुरेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सागरनाथ भट्टराईको अध्यक्षता तथा बिर्तामोड -१०का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोषाध्यक्ष खुबराज भट्टराईले स्वागत गरेका थिए।

कार्यसमितिको तर्फबाट अध्यक्ष भट्टराईले आयव्यसहित प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा कीर्तन मण्डलीका संयोजक थीरप्रसाद दाहालले मण्डलीको गतिविधिसहित प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रमुख अतिथि वडाध्यक्ष गुरुङ,मन्दिरका संस्थापक अध्यक्ष ओमप्रकाश श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा स्थानीय नवप्रवर्तन बालक्लबका बालबालिकाहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

स्थानीय दाता टीकादेवी कडरियाले १० धुर जग्गा प्रदान गरेसँगै २०६७ सालमा स्थापित मन्दिरको स्वामित्वमा हाल डेडकट्ठा जग्गा रहेको छ। सामुदायिक भवन निर्माण गर्ने उद्देश्यका साथ मन्दिरमा साप्ताहिक रुपमा नियमित कीर्तन तथा धार्मिक,सामाजिक कार्य सञ्चालन भइरहेको बताइएको छ। कार्यक्रमको सञ्चालन उपाध्यक्ष पूर्ण पौडेल र राजेन्द्र कडरियाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here