पुरातात्विक महत्वको बुद्धको प्रतिमा नेपाल पठाइयो

0
60

टेक्सास,

अमेरिकामा फिल्म निर्माणमा सक्रिय व्यक्ति माइकल फिलिप्सले उपलब्ध गराएको पुरातात्विक महत्वको बुद्धको प्रतिमा नेपाल पठाइएको छ ।

क्यालिफोर्निया राज्यको बेर्बेर्लीहिलमा बस्दै आउनुभएका फिल्म निर्माता फिलिप्सले बुद्धको प्रतिमा (स्टेन्डिङ बुद्ध) उपलब्ध गराउनुभएको हो । साथैं अर्को व्यक्तिगत रुपमा ४२ ईन्च अग्लो निरत्य देवीको मूर्ति पनि सङ्कलन गरिएको छ ।

फिलिप्सले बुद्धको प्रतिमा नेपाल सरकारका तर्फबाट सानडिएगो क्यालिफोर्नियाका लागि अवैतनिक महावाणिज्यदूत ऋषि पुनाखर ढकाललाई हस्तान्तरण गर्नुभएको थियो । ढुङ्गाबाट बनाइएको बुद्धको प्रतिमा आठौँं शताब्दिको र काठबाट बनाइएको निरत्य देवीको प्रतिमा दशौँं शताब्दीमा निर्माण गरिएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।

निरत्य देवीको प्रतिमा इटम वहाल ललितपुर र बुद्धको प्रतिमा मच्छिन्द्र वहाल ललितपुरवाट सन् १९७० को समयमा चोरी भएको थियो । पछिल्लो एक वर्षमा दूतावासले अमेरिकाका विभिन्न ठाउँबाट पुरातात्विक सात मूर्तिी सङ्कलन गरी नेपाल पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here