अपाङ्गता भएका व्याक्तिलाई ह्विलचियर प्रदान

0
108

कमल ।

तोपगाछी धरमपुर मैत्री समाज काठमाडौले कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा रहेका अपाङ्गता भएको व्याक्तिलाई ह्विलचियर वितरण गरेको छ । अमेरिकाको टेक्सास राज्यमा रहेको सामाजिक सस्था अनकनको प्रयोजनामा कमल र शिवसताक्षीमा छुट्टाछुट्टै कार्यक्रम गरी मैत्री समाजले ह्विलचियर वितरण गरेको हो ।

कमल गाउँपालिकाका प्रत्येक वडा बाट एकएक जनागरी ७ जना व्यात्तिललाई गाउँपालिकामा अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीद्वारा ह्विलचियर प्रदान गरिएको थियो भने शिवसताक्षी नगरपालिकामा समेत प्रत्यक वडाका एकएक जनागरी ११ जना अपाङ्गता भएका व्याक्तिलाई नगर प्रमुख मेघाहाङ्ग थोप्रा र उपमेयर नरमायाँ कार्की द्वारा ह्विलचियर प्रदान गरिएको थियो ।

अपाङ्गता भएका व्याक्तिलाई गाउँपालिकाले सहयोग गर्दै आई रहेको छ । राज्यको तर्फ वहाँहरुको हकहित र अधिकारका क्षेत्रमा प्रशस्तै सहयोग भएका छन् । तर यतिले मात्र वहाँहरुलाई पुग्दैन यस्तो अवस्थामा निजिक्षेत्र बाट गरेको सहयोग साधारण काम होईन । गाउँपालिकाको क्षेत्रभित्र अपाङ्गता भएका व्याक्तिलाई तोपगाछी धरमपुर मैत्री समाज काठमाडौको तर्फ ठुलो सहयोग प्राप्त भएको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो ।

त्यस्तै मैत्री समाजले पालिकाको शिक्षा र विकास निर्माणका साथै समाज रुपान्तरणकालागी गरिएको काम महत्वपुर्ण छ । यसलाई संचारकर्मीले समेत प्राथमिकता दिनुपर्छ भने आगामी दिनमा मैत्री समाज सँग सहकार्य गर्दै सिंगो पालिकाको विकासकालागी अगाडी बड्ने अध्यक्ष राईले बताउनुभयो ।

मैत्री समाजले तोपगाछी र धरमपुरमा शिक्षा तथा विकास निर्माणका क्षेत्रमा काम गर्दै आईरहेको छ । सुरुमा तोपगाछी र धरमपुरलाई कार्यक्षेत्र बनाएर कामगर्दै आएकोमा राज्यपुन संरचना पछि कमल गाउँपालिका र शिवसताक्षी नगरपालिका भएपछि सो क्षेत्रमा बसोवास गर्ने र आफै ह्विलचियर किनेर प्रयोग गर्न नसकक्ने व्याक्तिलाई ह्विलचियर वितरण गरेको मैत्री समाजका अध्यक्ष रामचन्द्र खनाल बताउनुहुन्छ ।

तोपगाछी धरमपुर मैत्री समाज, तत्कालीन तोपगाछी र धरमपुर गाउँविकास समितीमा स्थाई वसोवास गर्ने युवाहरु उच्चशिक्षा अध्यायनकालागी काठमाडौ जाने र त्यहाँ समस्यामा परेका व्याक्तिलाई सहयोग गर्ने उद्देश्यले २०४४ साल माघ २ गते जिल्ला प्रशासन कार्यालय काठमाडौमा दर्ता भएको सस्था हो ।

आफुहरुले उच्चशिक्षा अध्यायन पश्चात उतै कर्मथलो बनाएका युवाहरुले आफ्नो जम्मभुमीमा शिक्षा र विकास निर्माणका साथै समाज रुपान्तरणमा केहि गरौ भन्ने उद्देश्यले क्षेत्रमा विभिन्न सामाजिक कामगर्दै आईरहको समाजका उपाध्यक्ष बेगेन्द्र सुब्बाले जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण मैत्री समाजका सचिव यज्ञराज न्यौपानेले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here