अर्जुनधारा ।
“सीप सिकौं, स्वरोजगार बनौं” भन्ने मुख्य नारासहित अर्जुनधारा–७ नं. वडा कार्यालयको आयोजनामा आयोजित ३० दिने आधारभूत ब्यूटिसियन तालिम सम्पन्न भएको छ ।
चालु आर्थिक वर्षको वडास्तरिय योजनाको युवा महिला स्वरोजगार आय आर्जन तथा सीप सम्बन्धी कार्यक्रम अन्र्तगत आयोजित तालिममा २२ जना प्रशिक्षार्थीको सहभागीता रहेको वडा सचिव सस्मिता लुँइटेलले जानकारी दिइन् ।
तालिममा प्रशिक्षकत्रय अर्जुनधारा–८ स्थित सुहाना ब्यूटी पार्लरकी सञ्चालक अस्मिता मैनाली खड्का, दीपा कटुवाल र दीपा नेपाल आङबोले सहजिकरण गरेका थिए ।
वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाको अध्यक्षता र नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईको प्रमुख आतिथ्यमा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
प्रशिक्षार्थी बिमला खतिवडाले तालिमको अनुभव प्रस्तुत गरेको कार्यक्रममा वडा सदस्य जानुका दियाली, प्रशिक्षक खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वडा सदस्य पार्वता भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन वडा सदस्य देवकुमार राईले गरेका थिए ।