पत्रकार महासंघ झापाको क्यालेण्डर सार्वजनिक

0
91

झापा।

नेपाल पत्रकार महासंघ झापा शाखाद्धारा प्रकाशित २०८० सालको भित्तेपात्रो (क्यालेण्डर) एक कार्यक्रमकावीच सार्वजनिक गरिएको छ ।

समारोहका प्रमुख अतिथि गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदी, पत्रकार महासंघका केन्द्रीय सदस्य अम्मर खड्का, महासंघका कोशी प्रदेश कोषाध्यक्ष विमल लामिछाने, दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्वरुबल्लव निरौला, महासंघ झापाका पूर्वअध्यक्ष गोविन्दचन्द छेत्री लगायतका अतिथिले सामुहिकरुपमा भित्तेपात्रो सार्वजनिक (विमोचन) गरेका हुन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दमकमा आयोजित कार्यक्रमकावीच भित्तेपात्रो सार्वजनिक भएको हो । कार्यक्रम पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो ।

महासंघको विभिन्न विवरण तथा गतिविधि भित्तेपात्रोमा समेटिएको कार्यसमिति सदस्य सन्तोष शर्माले जानकारी दिए । महासंघले गतवर्ष पनि भित्तेपात्रो प्रकाशन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here