कोरोनामा व्यक्तिगत रूपमै व्यवस्थापन र ‘टेलिमेडिसिन’ ले गर्भपतनमा सहयोग

0
93

काठमाडौँ,

कोरोना महामारीका बेला सुरक्षित गर्भपतनका लागि व्यक्तिगत रूपमै व्यवस्थापन र ‘टेलिमेडिसिन’ ले सहयोग गरेको बताइएको छ ।

राष्ट्रिय महिला आयोग र महिला, कानून र विकास मञ्चले आज यहाँ आयोजना गरेको सुरक्षित गर्भपतन सेवासम्बन्धी भएका कानूनसम्बन्धी अन्तरक्रियात्मक छलफल कार्यक्रमका वक्ताले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०७८ मा जारी गरेको यससम्बन्धी निर्देशिकालाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले महिलालाई प्रजननको साधनका रूपमा लिनु नहुने उल्लेख गर्दै कति र कहिले बच्चा जन्माउने भन्ने अधिकार महिलालाई नै दिनुपर्ने बताउनुभयो । महिलाका लागि सधैँ कोरोनाकै जस्तो अवस्था रहने भएकाले निर्देशिकालाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा मञ्चका अधिवक्ता नवीनकुमार श्रेष्ठले ग्रामीण भेगका महिला र किशोरीमा अझै सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी नभएकाले जागरणमूलक अभियान चलाइनुपर्नेमा जोड दिनुभयो । अनिच्छित गर्भले महिलाको जीवनमा असर गर्ने भएकाले यससम्बन्धी जागरण गरिनुपर्ने उहाँको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here