विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता

0
110

धमेन्द्र सुनुवार,
बिर्तामोड ।

मानव विकास केन्द्र नेपालको आयोजनामा विपद् पूर्व तयारी, प्रयास र प्रतिकार्य कार्यक्रम अन्तर्गत विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

उदयपुर र झापामा भएका छुट्टाछुट्टै प्रतियोगितामा संस्थाका अध्यक्ष लोकबहादुर माझीको अध्यक्षतामा बेलका नगरपालिकाको बेलका मावि उदयपुर र संस्थाका कोषाध्यक्ष विनोद दाहालको अध्यक्षतामा कनकाई नगरपालिकाको भृकुटी मावि दुर्गापुरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा झापाका हिमाली मावि, पशुपति अंग्रेजी मावि, कनकाई मावि, हरिकुल नमूना मावि, भृकुटी मावि र चम्पापुर मावि सहभागी भएका थिए । जसमा हरिकुल नमूना माथि प्रथम, भृकुटी मावि द्वितीय र कनकाई मावि तृतीय भएका छन् ।

उता उदयपुरको बेलकाबाट वरपीपल मावि, जनता मावि, वरपीपल नमूना मावि, कोशी जनता मावि, जनता नमूना मावि र सप्तकौशिका माविले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

जसमा जनता नमूना मावि प्रथम, कोशी जनता मावि द्वितीय र सप्तकौशिका मावि तृतीय भएको जनाइएको छ । उत्कृष्ट विद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here