झापा उद्योग वाणिज्य संघमा दुई पक्षीय प्रतिस्पर्धा

0
124

भद्रपुर ।

झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समिति भद्रपुरको नयाँ नेतृत्व चयनका लागि यही बैशाख २८ गते मतदान हुँदैछ ।

निर्वाचन समितिका अनुसार १८ पदका लागि बिहीबार २१ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । संघको अध्यक्ष पदमा खडकबहादुर लिम्बू र प्रज्ज्वल राईले उम्मेदवारी दिएका छन् ।

लिम्बू संघका वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् भने राई एशोसिएट्स/वस्तुगत उपाध्यक्ष हुन् । वरिष्ठ उपाध्यक्षमा राजकुमार राईको एकल उम्मेदवारी परेको छ । एशोसिएट्स/वस्तुगत उपाध्यक्षमा बाबुराम पराजुलीको पनि एकल उम्मेदवारी परेको छ ।

त्यस्तै वाणिज्य उपाध्यक्षमा सुरज साह कसेरा र सञ्जयकुमार श्रेष्ठको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा सीता ढकालको एकल उम्मेदवारी परेको छ भने महासचिवमा सुमन्त मैनाली र रविशंकर भट्टराई (पवन)को उम्मेदवारी परेको छ । कोषाध्यक्षमा पवन श्रेष्ठको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी चार महिला सदस्य पदमा चार जना र सात खुला सदस्यमा सात जनाको मात्र उम्मेदवारी परेको छ ।

महिला सदस्यहरूमा दिलकुमारी राई, अनिता कार्की, रुक्मणि चौहान र मुना दाहालको उम्मेदवारी परेको छ । खुला सदस्यहरूमा अम्बिका पोखरेल, अरुणकुमार मित्रुका, सिंहवीर लिम्बू (अनिल), सागर घिमिरे, ज्ञानबहादुर राई, विक्की साह कल्वार र कविन राईको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । परेको उम्मेदवारी अनुसार अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदमा मात्र चुनाव हुने देखिएको छ ।

वरिष्ठ उपाध्यक्ष, एशोसिएट्स÷वस्तुगत उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष, महिला सदस्य र खुला सदस्य पदमा उम्मेदवार दिएकाहरू निर्विरोध निर्वाचित भए पनि आधिकारिक घोषण हुन बाँकी छ । संघले विधान संशोधन गरेसँगै उद्योग सचिव, वाणिज्य सचिव र भद्रपुरका छुट्टै सदस्य चयन हुने प्रक्रिया हटाइएको छ । संघमा २२३ साधारण सदस्य, १६६ एशोसिएट्स सदस्य, ८ वस्तुगत सदस्य, १७ शाखा सदस्य, अध्यक्ष र पूर्वअध्यक्ष ८ जना रहेका छन् ।

एशोसिएट्स सदस्य मतभार १०, वस्तुगत सदस्य मतभार १५, अध्यक्ष र पूर्वअध्यक्ष मतभार ५ तोकिएको छ । कूल मतदाता २ हजार ६० रहेको संघका कार्यालय सचिव दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here