खुलाल बस्नेत बन्धु समाजद्वारा धार्मिक अनुष्ठान

0
90

कनकाई।

खुलाल बस्नेत बन्धु समाजको आयोजनामा कनकाईमा धार्मिक अनुष्ठान सम्मन्न भएको छ।

कनकाई नगरपालिका-४ कोटीहवनस्थित खुलाल बस्नेत समाजको धनञ्जय आश्रममा आयोजित कुलपूजा, रुद्री, चण्डी, वेदपाठसहित दुई दिवसीय धार्मिक अनुष्ठान सम्पन्न भएको हो।

धनञ्जय आश्रम व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बस्नेतको अध्यक्षता तथा खुलाल बस्नेत बन्धु समाजका केन्द्रीय अध्यक्ष ललितबहादुर बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।

धनञ्जय आश्रम व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण बस्नेतले भवनको स्थापनाकालदेखि नै बन्धुहरुबीच वार्षिकरुपमा आयोजना हुँदैआएको धार्मिक अनुष्ठानलाई निरन्तरता दिइएको बताए। प्रमुख अतिथि ललितबहादुर बस्नेतले समाजद्वारा प्रकाशित वंशावली अध्ययन गरेर अझ वंश धर्मको खोज तथा संरक्षणमा सबै बन्धुहरु एकजुट हुनुपर्ने बताए। २०५७ सालदेखि संगठित हुँदै आएका खुलाल बस्नेत समाजको ६७ जिल्ला शाखा सम्पर्कमा रहेको बताइएको छ।

कार्यक्रममा झापा,इलाम,मोरङ,सुनसरी,उदयपुर, काठमाण्डौ,खर्साङलगायत स्थानबाट बन्धुहरुको उपस्थिति रहेको जिल्ला अध्यक्ष पदम बस्नेतले जानकारी दिए।

संक्षिप्त परिचायात्मक कार्यक्रमसमेत गरिएको कार्यक्रममा संस्थाका गतिविधि तथा आयव्यय सार्वजनिक गरिएको थियो। कार्यक्रमको सञ्चालन सल्लाहकार भीम बस्नेतले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here