सि जिनपिंग प्रचारबाजीमा मस्त, चिनियाँ जनता गरिबीबाट त्रस्त

0
106

चीन ।

प्रचार र सेन्सरशिपका कारण चीनमा धेरै मानिसहरुलाई थाहा छैन कि यो देशमा गरिबीको रेखामुनी कति छन् न्यूयोर्क टाइम्सको समाचारलाई उढृत गर्दै एएनआईको रिपोर्टमा उल्लेख गरिएको छ ।

भर्खरै, एक सेवा निवृत्तको भिडियो भाइरल भयो, जसमा उनले १०० युआन वा युएस डलर १४.५० लगभग उनको मासिक पेन्सन र आम्दानीको एक मात्र श्रोत रहेको हुँदा के त्यती जाबो रकमबाट उनले आफनो दैनिक जीवन गुजारा गर्न सक्छन् त ? उक्त भिडियोमा त्यहाँका सेवानिवृत्तको पीडालाई संसार भरी देखाउन चाहेका थिए तर चिनियाँ अधिकारीहरुले उक्त भिडियोलाई हटाइदिएका थिए ।

एक गायकले आफनो गित मार्फत युवा, शिक्षित चिगिनियाँ नागरिकहरु माझ व्यापक निराशालाई तिनीहरुको डरलाग्दो वित्त र गिग वर्क जस्ता उदास जागिरको सम्भावनाको वारेमा प्रकट गरे । “म हरेक दिन आफनो अनुहार धुन्छु, तर मेरो खल्ती मेरो अनुहार भन्दा सफा छ” उनी यसरी गीत गाउँछन् । “म चीनलाई कायाकल्प गर्न मद्दत गर्ने उद्देश्यबाट कलेज गए, खाना वितरण गर्न होइन ।” उनको गीतलाई प्रतिबन्धित गरिएको थियो र उनको समाजिक मिडिया खाताहरु निलम्बित गरिएको थियो ।

न्यूयोर्क टाइम्सका अनुसार गत बर्ष एक प्रवासी कामदारले आफनो परिवारलाई समर्थन गर्न कडा परिश्रम गर्दै, उनले कोभिड–१९ को सकारात्मक परिक्षण गरेपछि उनले व्यापक समर्थन र आफू तर्फ ध्यान केन्द्रीत प्राप्त गरे, र अधिकारीहरुले उनको आन्दोलनको विस्तृत विवरणहरु जारी गरे । उनी चीनमा सबैभन्दा मेहनती व्यक्तिको रुपमा चिनिए । सेन्सरहरुले उनको वारेमा छलफलहरु अबरुद्ध गरे, र स्थानीय अधिकारीहरुले उनको घर बाहिर प्रहरी तैनाथ गरिदिएका थिए, त्यहाँ पत्रकारहरु संग भेट्न उनको श्रीमतीलाइ रोक लगाइदिएको थियो ।

चीनका अनुसार साझा समृद्धि प्रवद्र्धन गर्न लक्ष्य राखेको समाजवादी देश हो । २०२१मा यसको शिर्ष नेता सि जिनपिंगले “गरिवी विरुद्धको लडाईमा व्यापक विजय” भएको घोषणा गरे । तैपनि धेरै मानिसहरु गरिव नै रहेका छन् वा गरिवीको रेखा मुनी बसोबास गर्न बाध्य रहेका छन् । देशको आर्थिक सम्भावना धमिलो हुँदै गएको र जनतामा आफनो भविष्यप्रतिको बढ्दो चिन्ताले गरिवीको कारण चिनियाँ सरकारको रिस उठाउन सक्ने वर्जित विषय बनेको छ ।

चीनको साइवरस्पेस प्रशासन मार्चमा घोषणा गर्यो कि यसले “जानी जानी उदासीलाई हेरफेरगर्ने, ध्रुबिकरणलाई उत्प्रेरित गर्ने, पार्टी र सरकारको छवीलाई हानी गर्ने र आर्थिक सामाजिक विकासमा बाधा पुर्याउने हानीकारक सूचनाहरु सृजना गर्न भिडियो वा पोेष्टहरु प्रकाशित गर्ने जो कोहिलाई पनि कारवाही गर्ने चेतावनी दिएको छ ।” यसले बृद्ध, अपाँगता भएका व्यक्तिहरु र बालबालिकाहरुको दुखद भिडियोहरुलाई प्रतिबन्धित गरियो।

न्यूयोर्क टाइम्सका अनुसार प्रतिबन्धको पछाडी सरकारले चीनको वारेमा सबै कुरा सकारात्मक राख्न चाहन्छ वा उत्सुक रहेको दर्शाउछन् । कम्युनिष्ट पार्टीले विगत चार दशकमा कति मानिसहरुलाई गरिवीबाट बाहिर ल्यायो भने कुराको घमण्ड गर्छ, जबकी माओत्सेतुंगको नेतृत्वमा यसले कसरी सम्पूर्ण राष्ट्रलाई गरिवीमा फ्याक्ये भने कुरा उल्लेख गर्न इन्कार गर्छ ।

गरिवी उन्मुलन एक पदक हो जुन पार्टीले आफनो बैद्यताको दाबी गर्दछ तर दबावको बाबजुद पनि चीनले आर्थिक शक्तिको रुपमा उदय भएको दाबी गर्नबाट पछि हट्दैनन । यो संग एकदमै अपर्याप्त समाजिक सुरक्षा जालहरु छ, र सरकार गरिव जनताले सामना गर्न अवस्थाको कुनैपनि अवस्थालाई नबुझि राक्न मात्रै अग्रसर रहेको पाइन्छ ।
चिनिया शब्द “पिंकुन” वा गरिवी खोन्दै, देशको सबैभन्दा ठूलो समाचार पोर्टल, क्यू क्यू डट कम मा, शिर्ष समाचार बस्तुहरुको अनुसन्धानको वारेमा हो, जसले गरिबीको कारण मानिसहरुको मृत्यु प्रमुख कारण रहेको संयुक्त राष्ट्रको प्रतिबेदनमा देखाएको छ । यस्ता समाचार मिडियाले विरलै विरलै रुपमा प्रमुखताको साथ रिपोर्ट गर्छन, । एएनआई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here