तीन शीर्ष नेताबीच भेटवार्ता

0
109

काठमाडाैँ,

तीन ठूला दलका शीर्ष नेताबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शरेबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

भेटमा संवैधानिक परिषद्सम्बन्धी विधेयक तथा सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाकारी दिनुभयो ।

“शीर्ष नेताहरु हिजो पनि छलफलमा हुनुहुन्थ्यो, आज सोही छलफलको निरन्तरता हो”, उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here