एमाले पार्टी सचिव टोपबहादुर रायमाझी निलम्बित

0
250

काठमाडौँ, 

नेकपा(एमाले)ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा भइरहेकाे अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म उहाँलाई पदबाट निलम्बन गरिएको महासचिव शङ्कर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमार्फत जानकारी दिइएको छ ।

उक्त प्रकरणमा सचिव रायमाझीलाई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै महासचिव पोखरेलले भन्नुभएको छ, “हामी विधिको शासनमा विश्वास गर्दछौँ ।”

पक्राउ पुर्जी जारी हुनासाथ राज्यका अनुसन्धान निकायमा उपस्थिति भएर विधिवतरुपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएका पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिँदै अविलम्बन सम्बन्धित निकायमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here