बुधबारे हटियाका ब्यवसायीलाई नहटाउन विप्लव माओवादीको चेतावनी

0
94

बिर्तामोड ।

विप्लव माओवादी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिर्तामोडस्थित बुधबारे हटिया(देवि हाट) का ब्यवसायीलाई नहटाउन चेतावनी दिएको छ ।

राज्यलाई कर तिरेर व्यवसाय गर्दै आएका ७०–७२ जना व्यवसायीहरुलाई विस्थापित गर्ने गरी विर्तामोड नगरपालिकाले डोजर लगाउने तयारी गरेको बिषय आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै झापा सेक्रेटरी संजय सी र इन्चार्ज प्रसन्त सी ले  बिहीबार एक विज्ञप्ती जारी गर्दै विर्तामोड नगरपालिकाले बहुतले व्यवसायिक भवन निर्माण गर्ने बताउदै जमिन खाली गराउन खोजिएको बताए पनि यो कामको पछाडी कमिसनको ठूलो भाँडो तयार गर्दै नगरपालिका, बिचौलिया, ठेकेदार र पहुँचदारहरुले आफ्नो स्वार्थ सिद्ध गर्ने वातावरण बनाउने खेल लुकेको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ– व्यवसायीहरु झुण्डिएर मर्ने अवस्था बनेको यो समय उक्त हटियामा आतंक सृजना गर्दै डोजर लगाउन खोज्नु अमानवीय र जनबिरोधी हर्कत हो । हाम्रो पार्टी यो हर्कत तुरुन्त रोक्न नगरपालिका लाई चेतावनी दिन्छ । र, यस्ता काममा सहयोग नगर्न प्रहरी, प्रशासन र सरोकारवालाहरुलार्इ अनुरोध गर्दछ । जबर्जस्ती गरिए पिडित व्यवसायीको नेतृत्व गर्दै शसक्त प्रतिवाद गरिने जानकारी गराउँदछौं ।

यता नगरपालिकाले भने व्यावसायिक प्रयोजनका लागि बिर्तामोडमा बहुतले भवन निर्माण प्रक्रिया अघि बढाइएको जनाएको छ । नगर विकास कोषको आर्थिक सहयोगमा बिर्तामोडस्थित बुधबारे हटियामा एक अर्बभन्दा बढीको लगानीमा वहुतले भवन निर्माण हुन लागेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here