आमाको स्मृतिमा सहयोग

0
116

दमक ।

कमल गाउँपालिका वडा नं. ७ मेमेङ टोल निवासी स्वर्गीय गौमाया बेघा केरुङको दोश्रो बार्षिक पुण्य तिथिको अवसर पारेर उनको सम्झनामा परिवारले विपन्न, असहाय तथा बिरामीहरुलाई नगद तथा खाद्यान्न सहयोग गरेका छन् ।

बिहीबार परेको पुण्यतिथीको अवसर पारेर श्रीमान गणेश केरुङसहित छोरीहरु शान्ता, चेसुङ तथा छोराहरु भीम, आइतराज, ओमप्रकाश र वीरहाङ केरुङ परिवारजनले दमक र लखनपुरमा गरी ६० हजारभन्दा बढीको नगद तथा जिन्सी सहयोग गरेका हुन् ।

केरुङ परिवारले दमक–९ स्थित दमक बालबृद्धाश्रममा नगद पाँच हजारसहित चामल लगायत खाद्यान्नसहित सरसफाईका विभिन्न सरसामानहरु प्रदान गरेका हुन् । स्व. गौमायाकी छोरी–ज्वाइँ चेसुङ लिम्बू र बिष्णु सुब्बाले आश्रमकी अध्यक्ष मन्धरा पौडेल, कोषाध्यक्ष मेनुका बुढाथोकीसहितलाई नगदसहित ती सामग्री हस्तान्तरण गरेका थिए ।

त्यसैगरी उनका परिवारले दमक– ४ स्थित रत्नजेष्ठ वृद्धाश्रममा खाद्यान्न लगायतका सामग्री हस्तान्तरण गरेका थिए । त्यस्तै सोही स्मृतिमा दमकका दुई जना दिर्घरोगीलाई घरमै पुगेर जनही १० हजारका दरले कूल २० हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।

स्व. गौमायाकी छोरी चेसुङले दमक–५ की १३ बर्षीया मृगौला बिरामी कुसुम लिम्बू र दमक– ७ की १५ बर्षीया देविका तामाङको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरेकी छन् । त्यसअघि आमाको स्मृतिमा कमल–७ गेउरियास्थित किरात युमा माङहिमलाई समेत उनका परिवारले नगद ११ हजार एक सय रुपैयाँ प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here