पाकिस्तानमा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै : एक जनाको ज्यान गयो, देशभर मोबाइल सेवा अवरुद्ध

0
119

एजेन्सी,

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि सुरु भएको प्रदर्शन हिंसात्मक बन्न थालेको छ । खानका समर्थक र प्रहरीबिच ठाउँ ठाउँमा झडप भैरहेको छ ।

इस्लामावादमा प्रदर्शनले उग्र रूप लिएको छ । अहिलेसम्म झडपमा परी एक जनाको ज्यान गएको र ४० जनाभन्दा धेरै पक्राउ परेकाे बीबीसीले जनाएको छ ।

झडप हुन थालेपछि देशभर मोबाइल सेवा अवरुद्ध छ । पूर्व प्रधानमन्त्री खान हिजो इस्लामावादमा अदालत परिसरबाट पक्राउ पर्नु भएको थियो ।

भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उहाँ अदालतमा उपस्थित हुन लाग्नुभएको थियो । पूर्व प्रधानमन्त्री खानविरुद्ध अन्य धेरै मुद्दा चलिरहेका छन् ।

तर, आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपले प्रेरित भएको भन्दै पूर्व प्रधानमन्त्री खानले तिनलाई अस्वीकार गर्दै आउनुभएको छ । उहाँका समर्थकले आज देशव्यापी प्रदर्शनको आह्वान समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here