बङ्लादेशको कुल गार्हस्थ्य उत्पादन वृद्धिदरले चीनलाई उछिन्ने प्रक्षेपण

0
64

पाँचथर,

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ० ले एसिया–प्रशान्त क्षेत्रको प्रक्षेपणसम्बन्धी गरेको पछिल्लो प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा बङ्लादेशको कुल गार्हस्थ्य उत्पादन वृद्धिदरले चीनलाई उछिन्ने देखिएको छ ।

आईएमएफको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन वृद्धिदरका आधारमा बङ्लादेश भियतनामपछि दोस्रो स्थानमा रहनेछ ।

बङ्लादेशमा सन् २०२३ मा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा खुम्चिने छ, जुन चीनको अनुमानित ५ दशमलव २ प्रतिशतको वृद्धिदरभन्दा धेरै हो । तर चीनको अर्थतन्त्र बङ्लादेशको भन्दा निकै ठूलो छ ।

आईएमएफको प्रतिवेदनअनुसार बङ्लादेशका लागि हालै स्वीकृत विस्तारित कोष सुविधाले युक्रेनमा रूसको युद्धका कारण उत्पन्न आर्थिक चुनौतीलाई सम्बोधन गर्न मद्दत गर्नेछ ।

प्रतिवेदनले विशेष गरी बङ्लादेश र प्रशान्त टापुहरूसहित यस क्षेत्रका कमजोर उदीयमान बजारहरूमा जलवायु परिवर्तन अनुकूलनका लागि वित्तीय सहायता सुरक्षित गर्न, अन्तर्राष्ट्रिय सहयोगको महत्त्वलाई उजागर गरेको डेली सनको रिपोर्टमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here