प्रगतिको रणनीतिक योजना तर्जुमा सम्बन्धी तालिम शुरु

0
111

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१० स्थित प्रगति महिला कृषक समूहको आयोजना र टेवा नेपालको आर्थिक सहयोगमा दुई दिने रणनीतिक योजना तर्जुमा सम्बन्धी तालिम शुक्रबारदेखि सुरु भएको छ ।

स्थानीय ज्येष्ठ सामुदायिक मिलन केन्द्रको सभाहलमा समूहकी अध्यक्ष गान्धारी मिश्रको अध्यक्षतामा आयोजित उक्त तालिमको प्रमुख अतिथि वडाध्यक्ष भूपेन्द्र न्यौपानेले उद्घाटन गरेका थिए ।

संस्थागत विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा ३० जना महिलाको सहभागिता रहेको समूहकी अध्यक्ष मिश्रले जानकारी दिइन् ।

कोशी प्रदेशकी रोष्टर ट्रेनर अरुणा चौधरी सहजकर्ता रहेको तालिममा सहभागीहरुलाई संस्थाको सबल पक्ष, समस्या, अवसर, चुनौती बारे जानकारीसँगै संस्थालाई आवश्यक कार्ययोजना तयारी बारे सहजिकरण गरिने बताइएको छ ।

समूहकी सदस्य सावित्राकुमारी बाँस्कोटाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य खीनमाया पोखरेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here