दुई थान पेस्तोलसहित तीन जना पक्राउ

0
154

सुनसरी।

सुनसरीको धरानस्थित दुई छुट्टा छुट्टै स्थानबाट दुई थान पेस्तोल सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ डाँडा घोपाका २९ बर्षीय हुकमेन जिमी, उनका भाई २४ बर्षीय दिपक जिमी र धरान–१५ का २४ बर्षीय रोहित राई रहेका छन् ।

बिशेष सुचनाको आधारमा बैशाख ३१ गते राती कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआईटी समुह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हुकमेन जिमी र दिपक जिमीलाई उनको घरकोठाबाट नियन्त्रणमा लिई सोधपुछको क्रममा हुकमेन जिमीले दुई थान पेस्तोल खरिद गरी ल्याएकोमा एक थान दिपक जिमीलाई राख्न दिएको र एक थान रोहित राईलाई दिएको बताएका थिए ।

प्रहरीले घर पश्चिम रहेको सर्दुखोला नजिकको झाडीमा झोलामा लुकाई छिपाई राखेको नचल्ने अवस्थामा रहेको एक थान पेस्तोल प्रहरीले बरामद गरेको हो भने सोही राती रोहीत राईको घरकोठा खानतलासी गर्दा पलङको डस्ना मुनी लुकाई छिपाई राखेको अवस्थामा म्याग्जिन सहितको मिड इन इटाली लेखेको एक थान पेस्तोल सहित राईलाई पक्राउ गरेको हो ।

दुई वटा पेस्तोलसहित पक्राउ परेका तीनैजनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसान्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here