उभौली पर्व (ढङ्ढङ्गे) मेलामा “धिमाल जात्री”

0
102

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरेको पहिलो जातिको पहिचान बोकेको धिमाल समुदायले जात्री पर्व धुमधामका साथ मनाएका छन्।

पथरीशनिश्चरे १ मा रहेको महाराजग्राम थानमा धिमाल समुदायले महान चाड उभौली चाड (ढङ्ढङ्गे) मेलामा ढोल नृत्य प्रस्तुत गरेका हुन् । पछिल्लो समय अन्यत्र जाति र समुदायसंग बिबाह सम्बन्धमा बाधिन थालेपछि धिमाल भाषा लिपि र संस्कृति क्रमशः लोपोन्मुख रहेको छ।

प्राय: खोला किनारमा बस्न रुचाउने, कम बोल्न रुचाउने, लजालु स्वाभाव भएको यो जातिको आफ्नै मौलिक भाषा, संस्कृति, भेष भुषा रहेको छ। विशेष गरी किरात समुदाय( लिम्बू)हरु संग गोत्र र केही मात्रामा भाषा भने मिल्ने जानकारहरू बताउँछन्।

पथरी शनिश्चरेमा तीन सामुदायिक बिद्धालयमा प्रधानाध्यापक धिमाल समुदायबाट हुनुहुन्छ। वडा नं ९आदर्श सिता आधारभुत विद्यालयमा रीता धिमाल, वडा नं ३ सामाजिक आधारभूत विद्यालयमा शंकर धिमाल र वडा नं ५ मा बल बहादुर धिमाल रहनुभएको छ।

महिलाहरुले आफैं तान बुनेर पेटानी र चोलो जस्ता मौलिक र घरेलु उद्योगले उत्पादन गरेको भेषभुषा लगाउछन् भने पुरुषहरुको पहिंरन सेतो कमिज र धोती कछाड हुन्।

धिमाल समुदायले आफ्नो परम्परागत पहिरन र भेषभूषा विस्तारै बिर्सिएको र धिमाल अगुवाहरु बेलैमा सचेत नबने धिमालहरुको कला, भाषा साहित्य, भेषभुसा र संस्कृति धरापमा पर्ने स्थानीय साहित्यकार लक्ष्मी प्रसाद फुयालले उल्लेख गरेका छन् ।

नगरका पहिला निवासी र अल्पसंख्यक जाति भएकाले धिमाल जातिको संरक्षण र प्रवर्द्धन गर्नु स्थानीय सरकारको पनि कर्तव्य भएको उनको ठम्याईं छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here