भुटानी शरणार्थी नेता टेकनाथ रिजाल काठमाण्डौंबाट पक्राउ

0
49

बिर्तामोड ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगीको आरोपमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी उच्च स्रोतका अनुसार उनलाई केही दिन अघि बयानका लागि काठमाण्डौं बोलाइएको थियो । पहिलो बयान सकेर झापा आएका रिजाललाई बुधबार फेरी बयानका लागि काठमाण्डौं बोलाएर प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोत भन्छन्– रिजालको संलग्नताको विषयमा बयानका लागि बोलाए र केही आधारहरु फेला परेपछि अनुसन्धानका लागि पक्राउ गरेका हौं । पछिल्लो समय रिजालले पुनर्बास गराउन बाँकी छ हजार भन्दा बढी भुटानी शरणार्थीको समस्या समाधान गर्न माग गर्दै आएका थिए ।

रिजाल झापामा बसेर भुटानी शरणार्थीका विषयमा अवाज उठाउदै आएका थिए । उनको संलग्नता हुन सकने भन्द्र प्रहरीले उनलाई उच्च निगरानीमा राखेको थियो । रिजालकै मागका आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि ३० जेठ २०७६ मा बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यक्रममा संलग्न रहेको भन्दै प्रहरीले केशव दुलाल, सानु भण्डारी, टंकबहादुर गुरुङ, सागर राई, सन्देश शर्मा, टेकनारायण पाण्डे, इन्द्रजित राई, सन्दीप राईमाझी, बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, नरेन्द्र केसी, गाविन्द चौधरी, रामशरण केसी लगायतलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा पक्राउ परेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई सात लाख रुपैयाँ दिएको उल्लेख गरेका थिए । उनलाई त्यही आधारमा पक्राउ गरेको प्रहरी स्रोतको दाबी छ ।

यसैबीच ओहायो पिस इनिसिएटिभ भुटान (पीआईबी), भुटानी शरणार्थी प्रतिनिधि रिप्याट्रिएसन कमिटी (बीआरआरआरसी), दमक झापा आदिले एक प्रेस विज्ञप्ति जारी गरी भुटानी शरणार्थीहरूको अधिकार हनन र स्वदेश फिर्ता प्रक्रियामा चोट पुर्‍याउने दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here