मुम्बई आक्रमणका आरोपी राणालाई सुपुर्दगी गर्न अमेरिकाको अनुमति

0
74

काठमाडौं ।

सन् २००८ मा १६६ जनाको ज्यान जाने गरी भारतको मुम्बईमा भएको आक्रमणका एकजना आरोपी तहब्बुर राणालाई अमेरिकाले भारत सुपुर्दगी गर्ने भएको छ ।
अमेरिकाको क्यालिफोर्नियाको एक अदालतले बुधबार ६२ वर्षीय राणालाई भारत सुपुर्दगी गर्न अनुमति दिएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

२६ नोभेम्बर सन् २००८ मा मुम्बईको ताज होटेल लगायतका स्थानहरुमा भएको आतकंवादी हमलामा ६ जना अमेरिकी नागरिक सहित कूल १६६ जनाको मृत्यु भएको थियो । भारतीय सेना र लडाकुहरुबीच चार दिनसम्म भिषण लडाइँ चलेको थियो । यो आक्रमण पाकिस्तानमा रहेको लश्कर–ए–तोयबाले गराएको थियो ।

आक्रमणमा पाकिस्तानी मूलका क्यानडाई व्यापारी तहब्बुर राणाको पनि भूमिका भएको भन्दै अनुसन्धान जारी छ । समाचार एजेन्सी पीटीआईका अनुसार राणालाई भारत सुपुर्दगी गर्न अनुरोध गरेपछि अमेरिकामा राणा पक्राउ परेका थिए ।

अदालतमा सुनुवाइको क्रममा अमेरिकी सरकारका वकिलहरुले भनेका थिए– राणाको बच्चैदेखिको साथी पाकिस्तानी–अमेरिकी डेभिड कोलम्यान हेडली लश्कर–ए–तोयबामा संलग्न भएको राणालाई थाहा थियो र उनले हेडलीलाई बचाउन भूमिका खेलेका थिए ।

त्यसपछि न्यायाधीशले भारत र अमेरिकाबीच सुपुर्दगी सन्धिसमेत भएकाले राणालाई भारत सुपुर्दगी गर्नु कानुनसम्मत हुने बताएको बीबीसीले जनाएको छ । अनलाइनखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here