भत्ता माग्दै ज्येष्ठ नागरिकको धर्ना

0
96

झापा ।

मेचीनगरमा रहेका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता माग्दै नगरपालिकामा धर्ना दिएका छन् ।

बस नै रिर्जव गरेर नगरपालिका पुगेका उनीहरुले ‘सामाजिक सुरक्षा भत्ता खै ?’ ‘प्रशासकीय काम छिटो गर’ लगायतका नारा लेखिएको प्लेकार्डसहित पालिकामा धर्ना दिएका हुन् । सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै मेचीनगर–२ का ज्येष्ठ नागरिकहरु भत्ता माग्दै मेचीनगर नगरपालिकाको कार्यालयमा आएर धर्ना दिएका हुन् । अन्य सबैतिर भत्ता वितरण भइसक्दा पनि आफूहरुले सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै खवरदारीका लागि धर्ना दिइएको बताइएको छ ।

‘बारम्बार वडामा जानकारी गराउँदा पनि हाम्रो कुरा सुनुवाइ भएन’– मेचीनगर–२का लक्ष्मीप्रसाद पौडेलले भने–आखिर हामीलाई भत्ता चाहिँ किन नदिएको ? हामी बुढाबुढीलाई दुःख किन दिएको ? सामाजिक सुरक्षा भत्ता जस्तो संवेदनशील कुरामा कुनै पनि नेतृत्व गम्भीर नबनेको उनको भनाइ थियो ।

यता यस विषयमा मेचीनगर–२का वडाध्यक्ष दीपक बरालले ज्येष्ठ नागरिकहरुले बारम्बार वडामा आएर भत्ताका विषयमा कुरा गर्ने गरेको तर यो विषय वडाको मात्रै बसमा नभएकाले ज्येष्ठ नागरिकहरुलाई नगरपालिकामै उपस्थित गराएको बताएका छन् ।

टोली नै बनेर नगरपालिका पुगेका ज्येष्ठ नागरिकहरु नगर प्रमुख तथा उपप्रमुखले चित्तबुझ्दो जवाफ दिनुपर्ने भन्दै प्रमुख, उपप्रमुखको कार्यकक्षमा नै प्रवेश गर्न खोजेका थिए । यद्यपी कार्यकक्ष बाहिर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले ज्येष्ठ नागरिकहरुलाई सबैको तर्फबाट गल्ती भएको भन्दै अब छिट्टै भत्ता उपलब्ध गराउने आश्वासन दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here