प्याब्सन झापाद्वारा गणित शिक्षकलाई प्रशिक्षण

0
213

बिर्तामोड।

नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)झापाले गणित विषयका शिक्षकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थीको सिकााई क्रियाकलापलाई प्रभाावकारी बनाउन शिक्षकलाई विभिन्न प्रशिक्षण तथा तालिम आवश्यक पर्ने भएकाले प्याब्सन झापाले समय–समयमा प्रशिक्षण तालिमहरु सञ्चाालन गर्ने गरेको जनाइएको छ । झापाका पालिकाहरुलाई दुई भागमा विभाजन गरेर तालिम आयोजना गरेको प्याब्सन झापाका अध्यक्ष गाौरीमान फागोले जानकारी दिए । शनिबार बिर्तामोड र सोमबार शिवसताक्षीमा तालिमको आयोजना गरेको हो ।

प्याव्सन झापाको आयोजना तथा बेदान्त पब्लिकेशनको सहयोगमा भएको प्रशिक्षणामा माई पूर्वका पालिकका विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो । गणित विषय अध्यापन गराउँदै आएका शिक्षकहरुलाई गणित विषयका लेखक तथा वरिष्ठ प्रशिक्षक हुकुमप्रसाद दाहालले प्रशिक्षण दिएका थिए ।

उनले गणित विषयको पाठ्य विधि, पाठ्यभार, मूल्याङ्कन पद्धती, कक्षा शिक्षण, पाठ्य घण्टा, प्रश्न पत्र निर्माण तथा नयाँ पाठ्य पुस्तकको शिक्षण पद्धती लगायतका विषयमा शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए ।

प्याव्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सनका केन्द्रिय सल्लाहकार गोविन्द लम्सालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न पालिकका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
प्याव्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्कीले स्वागत गरेको कार्यक्रममा बेदान्त पब्लिकेशनका मार्केटीङ म्यानेजर मनोज रेग्मीले औचित्य माथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन प्याब्सन झापााका सचिव हरिकृष्ण पाठकले गरेका थिए ।

विषयगत शिक्षण सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले शिक्षक केन्द्रित तालिमको आयोजनाा गरिएको बताइएको छ । शिक्षक दक्ष भएमा शैक्षिक क्षेत्रको सुधारका लागि महत्वपूर्ण सहयोग मिल्ने भएकाले विषयगत प्रशिक्षणमूलक तालिमलाई प्राथमिकता दिएको प्याव्सन झापाका सचिव पाठकले बताए ।

गणित विषयलाई विद्यार्थीले अप्ठ्यारो मान्ने तथा शिक्षण पद्धतीको ज्ञान शिक्षकमा कमी हुँदा शिक्षण पद्धती प्रभावकारी नहुने भएकाले यस पटक शैक्षिक सत्र शुरु हुन साथ प्रशिक्षण प्रदान गरिएको जनाइएको छ । प्रशिक्षणमा झापाका पाँच सय शिक्षक सहभागी हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here