झापा,राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ । बिर्तामोडमा आयोजित नगर स्तरीय कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको लहर चलेको हो ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ को १ का सचिवालय सदस्य तथा क्षेत्रिय प्रतिनिधि रविन्द्र भट्टराई, नेपाली कांग्रेस बिर्तामोड नगर समितिका पूर्व सचिव उत्तम खनाल, नेपाली कांग्रेस बिर्तामोड–४ का पूर्व वडासभापति राजकुमार प्रसाई पार्टी परित्याग गर्दै स्वतन्त्रमा प्रवेश गरेका हुन् ।
युनिकम नेपालका केन्द्रिय अध्यक्षता नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि गजेन्द्र पौडेल, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा नेपाली कांग्रेसका पूर्व क्षेत्रिय प्रतिनिधि राजकुमार घिमिरे राजु, बिर्तामोड ५ का टोल समिति अध्यक्ष चित्रबहादुर पोखरेल दीपक, ब्यवसायीहरु रुपक थापा, सुवोध पाठक, नेकपा एमालेका नरेन्द्रराज प्रसाई लगायतले पार्टी परित्याग गर्दै स्वतन्त्रमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा पार्टीका केन्द्रिय नेताले उनीहरुलाई पार्टी प्रवेशको सदस्यता प्रदान गरेका थिए । सभामा सांसद डा. तोशिमा कार्की, निशा डाँगी, मनिष झा, पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाई लगायतले सम्बोधन गरेका थिए ।































