झापामा पसल फुटाएर चोरी गर्ने एक जना पक्राउ

0
59

झापा,

झापाको शिवगञ्ज बजारमा पसलहरू फुटाएर चोरी गरेको आरोपमा एकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका- ५ स्थित आमवारि टोल निवासी ५६ वर्षीय छविलाल खवास (चौधरी) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिवगञ्ज बजार आधा दर्जन बढी पसलमा चोरीका घटना घटेको थियो ।

पसलहरूमा चोरी हुन थालेपछि प्रहरीले विशेष सूचनाको आधारमा खवासलाई चोरीका सामानसहित मङ्गलवार पक्राउ गरेको हो ।

प्रहरीले उनको घरमा खोज तलास गर्दा दराजमा लुकाइछिपाई राखेको चुरोटसहित विभिन्न सामग्री बरामद गरेको छ । साथै चोरी घटनामा प्रयोग हुने विभिन्न औजार समेत उनको घरबाटै फेला परेको छ ।

पक्राउ परेका उनीमाथि आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here