खानेपानीमा लोकतान्त्रिक राष्ट्रवादी प्यानलका उम्मेदवारलाई जिताउन कांग्रेसको आग्रह

0
111

बिर्तामोड।

नेपाली कांग्रेसले झापले बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आगामी असार १५ गते हुने निर्वाचनमा लोकतान्त्रिक राष्ट्रवादी प्यानलको आधिकारिक उम्मेदवार चुन्न आग्रह गरेको छ ।

पार्टी सभापति देउकुमार ठेवेलेले विज्ञप्ति जारी गर्दै अध्यक्ष मेघराज बाँस्तोला, उपाध्यक्ष शैलेस सिटौला, सचिव पारसमणी मैनाली र कोषाध्यक्षमा शारदा रिजाल प्यानलको आधिकारिक उम्मेदवार रहेको उल्लेख गरेका छन् ।

त्यस्तै खुला सदस्यमा आनन्द गुरुङ, खगेन्द्रकुमार थापर र महिला सदस्यमा कमला अग्रवाल, बालादेवी खरेल, मायादेवी प्रधान अधिकृत उम्मेदवार रहेका छन् ।

पार्टीको नीति विपरीत कांग्रेस कार्यदल सदस्य देबेन्द्र सिटौलाले अध्यक्ष, प्रदेश सहसचिव केशवकुमार श्रेष्ठ, कोषाध्यक्ष तथा कार्यसमिति सदस्य बलराम सिटौला (राम)ले उम्मेदवारी दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ, तिनजनलाई नेपाली कांग्रेस विर्तामोड नगर कमिटी र नेपाली कांग्रेस क्षेत्र नं. प्रदेश कमिटीले सिफारिस बमोजिम कारबाही गर्ने, पठाउने संकेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here