अर्जुनधारा,झापाको अर्जुनधारा–१स्थित युवा समितिको आयोजना र अर्जुनधारा–१ नं. वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित सात दिने उद्घोषण तालिम आइतबार सम्पन्न भएको छ ।
स्थानीय खुदुनाबारी–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सभाहलमा आयोजित उक्त तालिम युवाहरुलाई सीप प्रदान गरी उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको समितिका अध्यक्ष तीवेन्द्र काफ्लेले जानकारी दिए ।
प्रशिक्षकद्वय दिपक ढुंगाना र सुजता ढुंगानाले प्रशिक्षण दिएको तालिममा ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको बताइएको छ । तालिम गत जेठ ८ गते सञ्चालन भएको थियो ।
समितिका अध्यक्ष काफ्लेको अध्यक्षता र वडाध्यक्ष उपेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा आयोजित तालिम समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । प्रशिक्षार्थीद्वय प्रमिला रामदाम र डिकबहादुर मगरले तालिमको अनुभव बारे प्रस्तुत गरेको कार्यक्रममा वडा सदस्यद्वय इन्दिरा रामदाम र मदन लिमेल मगर, निवर्तमान वडा सदस्य भद्रिका वि.क., हलुवागढ सामुदायिक वन उपभोक्ता समूहकी उपाध्यक्ष बुद्धकला फूँयेललगायतले मन्तव्य राखेका थिए ।
प्रशिक्षार्थी युवराज आचार्यले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का प्रशिक्षार्थीद्वय विजेता गौतम र सुरज दाहालले गरेका थिए ।






























