सेमिकन्डक्टर इन्डस्ट्रीमार्फत भारतमा नयाँ क्रान्ति

0
79

काठमाण्डौं ।

भारतमा २१औँ शताब्दीको सुरुवात कल सेन्टरको क्रान्तिबाट सुरु भयो । उक्त क्रान्ति अहिले मधुरो भएको छ । तर, भावी दिनमा फेरि त्यही समय दोहोरिन नसक्ला भन्न सकिँदैन ।

आउटसोर्सिङमार्फत नै एउटा छुट्टै खालको क्रान्ति अर्थात् आइटी सेक्टरसँग जोडिएको सम्भावनाले भारत म्यानुफ्याक्चरिङ इन्डस्ट्रीको ढोका ढकढकाएको छ ।

एप्पलको ग्याजेट एसेम्बल गर्ने ठूलो ताइवानी इलेक्ट्रोनिक म्यानुफ्याक्चरिङ कम्पनी फक्सकनले तेलंगानामा प्लान्ट लगाउने भएको छ । केही समयमा कारखाना सुरु हुने आशा गरिएको छ । हालसालै मात्र भारतको वन्दे मातरम् ग्रुपले चालू आर्थिक वर्षको अन्तिम त्रैमासमा संयुक्त उपक्रमअन्तर्गत आफ्नो सेमिकन्डक्टर प्लान्ट लगाउन सुरु गर्ने र सन् २०२७ सम्ममा कम्प्युटर चिप्स पनि उत्पादन गर्ने बताएको छ ।

भारत सरकारले यो उद्योगलाई कर छुट दिने तथा अन्य रूपमा अर्बौं डलरको सुविधा दिने घोषणा सन् २०२१ मै गरेको थियो । यसका पछाडि विशेष भूमिका भएको पाइन्छ । वेदान्ता र टाटा इलेक्ट्रोनिक्स दुवैले भारतमा औसेट ९आउटसोस्र्ड सेमिकन्डक्टर एसेम्बली एन्ड टेस्ट० स्थान पनि खोज्नेछन् । यसमा तयारी अवस्थामा मगाइएका कम्प्युटर चिप्सलाई विभिन्न उपकरणमा लगाएर परीक्षण गर्ने गरिन्छ ।

ताइवानी सञ्चारमाध्यमका अनुसार विश्वकै ठूलो सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टिएसएमसी या पावर चिप सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेसनका तर्फबाट पनि भारतमा औसेट कारोबार सुरु गर्न पहल हुन सक्छ ।

सस्तो प्रविधि–श्रमका कारण अहिलेसम्म आउटसोर्सिङमा चीनको एकछत्र राज थियो । पछि लगातार दुई अमेरिकी राष्ट्रपतिको प्रयासमा चीनलाई सेमिकन्डक्टरसँग जोडिएका हरेक क्षेत्रमा छिन्नभिन्न पारियो । त्यसपछि भारत र भियतनामले औसेटको काममा आ–आफ्नो दाबेदारी प्रस्तुत गर्दै आइरहेका छन् ।

अहिले समय यति परिवर्तन भयो कि कुनै यस्तो इलेक्ट्रोनिक्स सामान भेट्टाउन मुस्किल छ, जसमा सेमिकन्डक्टर नलागेको होस् । कम्प्युटरदेखि मोबाइल फोन, टिभी, फ्रिज, एसी र थर्मोमिटरसम्म सेमिकन्डक्टर लाग्छ । इमेज प्रोसेसिङदेखि डेटा प्रोसेसिङसम्म र टेम्प्रेचर कन्ट्रोलदेखि सूचनाको पहुँचसम्म पुग्ने सबै काम सेमिकन्डक्टर्समार्फत हुन्छ । यसको सानो टुक्राको भूमिका केवल स्विच अन र अफसम्म सीमित छैन । तर, अहिले सेमिकन्डक्टरको आकार सानो भए पनि काम ठूलो छ । आजभन्दा २५ वर्षअघि जे काम असम्भव ठानिएको थियो, त्यो सबै काम सेमिकन्डटरको प्रयोगले सम्भव भएको छ ।

सस्तो प्रविधि–श्रमका कारण अहिलेसम्म आउटसोर्सिङमा चीनको एकछत्र राज थियो । पछि लगातार दुई अमेरिकी राष्ट्रपतिको प्रयासमा चीनलाई सेमिकन्डक्टरसँग जोडिएका हरेक क्षेत्रमा छिन्नभिन्न पारियो । त्यसपछि भारत र भियतनामले औसेटको काममा आफ्नो दाबेदारी प्रस्तुत गर्दै आइरहेका छन् ।-एजेन्सी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here