रजनीगन्धा र तुलसीसहित तीन जना पक्राउ

0
95

विराटनगर।

मोरङको बिराटनगर महानगरपालिका–५ बाट अबैध रजनीगन्धा र तुलसीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूहले बिराटनगर–५ चाँदनी चोकस्थित जय गणेश जनरल स्टोरमा भारतबाट अवैधरुपमा ८६९४ पिस रजनीगन्धा र ७३४४ पिस तुलसी ल्याइ स्टोर गरिरहेको अबस्थामा फेला पारी चोरी तस्करी कार्यमा संलग्न रहेका भोक्राहा नरसिंह गाउपालिका-६ सुनसरीका २६ बर्षीय दिपक कुमार साह, २६ बर्षीय गुरुदेव साह र बिराटनगर–५ का ४२ बर्षीय अरुण यादव समेतलाई को १३ प ५०८५ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।

अबैध रजनीगन्धा र तुलसी सहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको गस्ती टोलीले दुहबी नगरपालिका–२ मा अवैध रुपमा भारत बाट भन्सार छली चोरी निकासी गरी नेपाल तर्फ ल्याउँदै गरेको करिव एक लाख ६ हजार मुल्य बरावरको १८० पिस कुर्ता सुरुवाल बरामद गरी आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालयमा बुझाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here