विशेष विमानबाट इन्दोर पुगे प्रधानमन्त्री दाहाल

0
81

काठमाडौं।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा यही जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विशेष विमानमार्फत मध्यप्रदेशको इन्दोर पुगेका छन्।

त्यहाँ प्रधानमन्त्री दाहालको मध्यप्रदेशका राज्यपालसँग भेटवार्ता तथा फोहोर व्यवस्थापन अभ्यासको अवलोकन गर्ने कार्यक्रम छ। हरेक जसो चोकमा प्रधानमन्त्रीको सम्मानमा दुई देशका झण्डा हातमा लिएका हजारौँ नागरिक सडकमा ताँती लागेका छ्न् भने सांस्कृतिक प्रस्तुति गरिरहेका छन्।

इन्दोर र उज्जयनका सडक र प्रत्येक विधुत्को पोल पोलमा प्रधानमन्त्री दाहालका तस्वीरसहित स्वागत बोर्ड राखिएका छ्न्। भ्रमणका क्रममा बिहीबार प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here