कमल झोल मल प्रति कृषकको आकर्षण बढ्दो

0
58

कमल ।

रासायनिक मललाई न्यूनिकरण गर्दै स्थानिय उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले झापाको कमल गाउँपालिका आफैले कमल झोलमल नामक जैविक युरिया उत्पादन सुरु गरेको छ ।

गाउँपालिका कृषि विकास शाखाको सहजीकरणमा अध्यक्ष पकेट कृषि विकास कार्यक्रम अन्तर्गत कमल झोल मल उत्पादन गरेको हो । गाउँपालिकाले आफ्नै लगानिमा उत्पादन गरेको कमल झोल मल कृषकलाई आवश्यकता अनुसार निःशुल्क वितरण गरिरहेको छ ।

गाउँपालिका बाट प्राप्त कमल झोल मल प्रयोग गरेपछि कृषकको उत्पादनमा कुनै फरक नपरेको कृषक बताउछन् । गाउँपालिका बाट निःशुल्क रुपमा पाएको कमल झोलमल आफुले चैते धान बालीका साथै तरकारी वालीमा समेत प्रयोग गरेको थिए यसले रासायनिक मल प्रयोग गरेको भन्दा राम्रो उत्पादन दिएको कमल गाउँपालिका २ का कृषक विष्णु अधिकारी बताउनुहुन्छ ।

गाउँपालिकाले गत आर्थिक वर्ष बाट रसायनिक मलको विकल्पकको रुपमा कमल झोल नामक जैविक मल उत्पादन गरेको छ । यो मलले उत्पादन बढाउनुका साथै माटोमा भएको विभिन्न समस्यालाई सुधार गरेर कृषकको उत्पादन बढाउने कमल गाउँपालिका कृषि विकास शाखाका प्राविधिक प्रेम पोख्रेल बताउनुहुन्छ ।

गाउँपालिकाले गत वर्ष देखी नै कमल झोल मल उत्पादन गरेर कृषकलाई वितरण गर्दै आईरहेको छ । यसलाई अझ ठुलो परिमाणमा उत्पादन गरी प्याकेजिङ्ग गरेर छिमेकी पालिकामा समेत विक्रि गर्ने योजनामा गाउँपालिका लागेको छ । अहिले सम्म किषानले गाउँपालिकामा नै आएर मल लिएर जानुपर्ने बाध्यता छ । त्यसलाई छिट्टै प्रत्येक वडा बाट सजहज रुपमा बितरण गर्ने तयारी समेत भै रहेको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु हुन्छ ।

कमल झोलमल प्रयोग पछि कृषानको खेतको माटो सुधार हुनुका साथै यसले उत्पादनमा समेत वृद्धी गरेपछी । किसानले रसायनिक मलको विकल्पको रुपमा कमल झोलमल प्रयोग गर्न थालेका छन् ।
तर त्यसमा आउने गन्ध र ढुवानिमा आउने समस्याका कारण गाउँपालिकाको लक्ष अनससार मल खपत भएको छैन । भने अर्को तर्फ यो मल प्रयोग गरेपछी कृषकको उत्पादनका कुनै कमि आउदैन भन्नेमा कृषकलाई विश्वास नभएका कारणले पनि लक्ष अनुसार मल कम खपत भएको हो ।

कमल गाउँपालिकाका कृषकको मुख्य पेशा भनेकै कृषि पेशा भएकोले याहाँका कृषकलाई हरेक वर्ष ठुलो परिमाणमा रसायनिक मल आवश्यक पर्दछ । जसका कारण रसायनिक मल खरिदमा वर्षेनी गाउँपालिकाको लाखैं रुपैया वाहिरिदै छ । त्यसलाई रोक्न र कृषकलाई आवश्यकता अनुसार मल उपलब्ध गराउनका लागी कमल झोलमलले ठुलो सहयोग पुर्याउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here