अर्जुनधारा–३ मा उद्घोषण तालिम सम्पन्न

0
102
अर्जुनधारा ।
“क्षमता विकासमा महिला, बोल्ने तथा लेख्नेमा पहिला” भन्ने मुख्य नारासहित झापाको अर्जुनधारा–३ मा आयोजित सात दिने उद्घोषण तालिम आइतबार सम्पन्न भएको छ ।
स्थानीय कैदले पर्यापर्यटन केन्द्रको ‘हरित सभाहल’मा वडास्तरिय महिला समितिकी अध्यक्ष माया राईको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको समापन कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
अर्जुनधारा–३ नं. वडा कार्यालयको आयोजना र वडास्तरिय महिला समितिको संयोजनम गत जेठ १५ देखि सञ्चालन भएको तालिममा २७ जनाको सहभागिता रहेको प्रशिक्षक एवम् सञ्चारकर्मी तिलक योञ्जनले जानकारी दिए ।
प्रशिक्षार्थीहरु भीमा अधिकारी, रञ्जना तामाङ र रमादेवी बुढाथोकीले तालिमको अनुभव प्रस्तुत गरेको कार्यक्रममा वडा सचिव खगेन्द्र लिङदेन, प्रशिक्षक योञ्जनलगायतले मन्तव्य राखेका थिए ।
समितिकी सदस्य कविता भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव सुशिला नेपालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here