पथरीशनिश्चरे नगरको अनुगमन टोलीले गर्यो तीन डेन्टल क्लिनिकमा शिलबन्दी

0
74

पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरद्वारा वडा नं. १ बजारमा रहेका ३ वटा अवैधानिक क्लिनिकमा शिलबन्दी गरिएको छ।

अनुगमन समितिका संयोजक एवं नगर उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वमा गएको अनुगमन टोलीले ति तीन क्लिनिक अवैधानिक रुपमा संचालन भैरहेको पाएपछि ॐ जनसेवा डेण्टल क्लिनिक, मेची डेण्टल र कोशी डेण्टलमा शिलबन्दी गरिएको हो।

अनुगमनको क्रममा चापागाई मेडिकल, ॐ जनसेवा डेण्टल क्लिनिक, मेची डेण्टल, कोशी डेण्टल, पथरी हस्पिटल, ॐ शान्ति डेण्टल हस्पिटल, सयपत्री डेण्टल क्लिनिक, मोरङ हस्पिटल, सुदिप मेडिकल, सन्दिप मेडिकल, तारा मेडिसिन सेन्टर र शुभसंगिता फार्मेसी लगायतमा अनुगमन गरिएको थियो ।

शिलबन्दी गरिएका डेन्टल क्लिनिकहरुले अनुमति बिनाका सामग्री तथा औषधि विक्री वितरण गरेको, व्यवसाय दर्ता नगरेको तथा नबीकरण नगरेको पाइएको छ । सो क्रममा शिलबन्दी गरिएका क्लिनिकहरु तुरुन्त वैधानिकता पूरा गरी सञ्चालन गर्न अनुगमनले सुझाएको छ ।

नगरकी उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, डा. भेषराज पोखरेल, प्रा. सुमन भण्डरी, शिवकुमार राई, अनुगमन समितिका सदस्य वीरबहादुर राई, उद्योग वाणिज्य संघ प्रतिनिधि यादवचन्द्र दुलाल, वडा नं. १ का अध्यक्ष भीम राई, औषधि व्यवस्था विभाग विराटनगरको टिम र इलाका प्रहरी कार्यालय पथरीको सक्रियता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here