अर्जुनधारामा लागूपदार्थ दुव्र्यसन विरुद्ध कार्यशाला

0
86

लक्ष्मी भण्डारी,
अर्जुनधारा ।

लागूपदार्थ दुव्र्यसन विरुद्ध जनहातेमालो अभियान अन्र्तगत झापाको अर्जुनधारा–१० नं. वडा कार्यालयको आयोजनामा दुव्र्यसन विरुद्धको कार्यशाला मंगलबारदेखि सुरु भएको छ ।

अर्जुनधारा–१०को टोल नं.४स्थित पञ्चकन्या धाम सेवा समितिको सभाहलमा वडाध्यक्ष भूपेन्द्र न्यौपानेको अध्यक्षतामा आयोजित उक्त कार्यशालाको प्रमुख अतिथि नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले उद्घाटन गरेकी थिइन् ।

सहजकर्ताद्वय त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवम् मनोचिकित्सक दिनेश पौडेल र शनिश्चरे प्रहरी चौकीका प्रमुख वरिष्ठ सई कुमार ढकालले सहजिकरण गर्ने कार्यक्रममा ४० जना बढीको सहभागिता रहेको वडा सचिव त्रिविक्रम पोखरेलले जानकारी दिए ।

वडा सदस्य सीता परियारले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन वडा सचिव पोखरेलले गरेका थिए । सोही कार्यक्रम बुधबार टोल नं.५ कालिझोडास्थित बाह््य खोप केन्द्रको सभाहल र बिहीबार टोल नं.२स्थित ज्येष्ठ नागरिक सामुदायिक मिलन केन्द्रको सभाहलमा सञ्चालन हुने बताइएको छ ।

त्यसैगरी सोही अभियान अन्र्तगत वडाको वडा कार्यालयसँगै कालिस्थान, कालिझोडा, सेतीपानीलगायतका क्षेत्रहरुमा लागुपदार्थ दुव्र्यसन विरुद्धको जनचेतनामूलक होर्डिङ बोर्ड पनि राखिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here